चालु आर्थिक वर्षका लागि जिडिपी ५ खर्ब १७ अर्ब हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजानिक गरेको आव २०८०–८१ को प्रादेशिक कुल गार्हस्थ उत्पादनले उक्त तथ्यांक देखाएको हो । तथ्यांकले गण्डकी प्रदेशका कुल ग्राहस्थ्य उत्पादन (जिडिपी) सवैभन्दा बढी देखाएकाे छ ।
प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकीमा ४.५५ प्रतिशत रहेको छ भने, लुम्बिनीमा ४.०५ प्रतिशत छ । सबैभन्दा थोरै वृद्धिदर ३.३९ प्रतिशत कर्णालीमा हुने प्रारम्भिक अनुमान छ ।
उपभोक्ताको मूल्यमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदर भन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदर भन्दा थोरै हुने प्रारम्भिक अनुमान गरिएको कार्यालयले जनाएको छ ।
सबै प्रदेशमा आव २०७८–७९ को वृद्धिदरभन्दा आव २०७९–८० को वृद्धिदर कम देखिएको छ । आव २०७९–८० को वृद्धिदरभन्दा आव २०८०–८१ को वृद्धिदर धेरै छ ।