गण्डकी प्रदेशमा लागू हुने गरी सार्वजानिक सवारीको भाडा तोकियो

Share this post :

Facebook
Twitter
WhatsApp

फागुन १ देखी लागु हुने गरी गण्डकी प्रदेश सरकारले सार्वजानिक सवारीको नयाँ भाडादर तोकेको छ । गण्डकीको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले विहीबार राजपत्रमा भाडाको दररेट सार्वजानिक गरेको थियो ।
राजपत्रमा उल्लेख भए अनुसार जीप, ट्याक्सी, नगर बस, ठूला बस र ट्रकको भाडा निर्धारण गरेको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी दिए । उनका अनुसार फागुन १ देखी कार्यान्वयनमा लगेका छौ ।
‘कार्यान्वयनमा लैजान निकै चुनौति छ’ उनले भने, ‘धेरै समस्या ट्याक्सीमा देखिएको छ । यदी नियम कार्यान्वयन भएन भने हामी नियम उलंघन गर्ने सवारीलाई ठाउँको ठाउँ कारबाही गर्छौ ।’ मन्त्री खड्काले ट्याक्सी बढी बार्गेनीङमा चल्ने भएकाले पर्यटक, विरामी, उपभोक्ता सिधै ठगिने गरेको बताए । ‘मनोमानी भाडालाई नियन्त्रण गर्न खोजेका हौ’ उनले भने । पोखरा पर्यटनको मात्र नभई अस्पतालको पनि हव हो । मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठको संयोजकत्वमा गत १३ असोजमा भाडा निर्धारण समिति गठन भएको थियो । त्यस समितिले यातायात व्यवस्था कार्यालयका प्रमुख संयोजक रहने गरी भाडा निर्धारणको लागि अध्ययन उपसमिति बनाएको थियो ।
समितिले गत १२ पुसमा व्यवसायी, उपभोक्ता लगायतसँग छलफल गरी बुझाएको प्रतिवेदनका अनुसार भाडादर कायम गरिएको मन्त्रालयले जनाएको छ । ट्याक्सीको लागि प्रतिपल्स १० फ्ल्याटडाउन ८० अर्थात् एक किलोमिटरमा १२० रुपैयाँ त्यसपछि प्रति किलोमिटरमा ५० रुपैयाँ थप गर्न पाउनेछन् । यो नियम १५ किलोमिटरसम्म लागू हुनेछ । १५ किलोमिटर भन्दा माथि प्रति किलोमिटरमा ३७ रुपैयाँ ५० पैसा थपिने छ । यो रकम प्रतियात्रु नभई ट्याक्सीको क्षमतासम्म जति जना चढे पनि समान हुन्छ ।
यस्तै, प्रति किलोमिटर बसलाई ३ रुपैयाँ १० पैसा, प्रति किलोमिटर जीपलाई ५ रुपैयाँ ५० पैसा, सिटी बसलाई प्रति किलोमिटर २ रुपैयाँ ५० पैसा तोकिएको छ भने, ट्रकको हकमा प्रतिटन प्रतिकिलोमिटरमा ११ रपैयाँ ४२ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । मन्त्रालयले यो नियम प्रदेशका एघारवटै जिल्लामा लागू हुने बतायो । मन्त्रालयका अनुसार ११ वटै जिल्ला प्रशासन, जिल्ला ट्राफिक कार्यालय, ६ वटा इलाका प्रशासन र प्रदेश ट्राफिक प्रहरी कार्यालयमा नयाँ भाडादर पत्राचार गरिएको छ । माघ २७ मा बसेको वैठकले कार्यान्वयन नगर्ने ट्याक्सीको दर्ता खारेजी गर्ने निर्णय गरेको छ । मन्त्रालयको तथ्यांक अनुसार गण्डकीमा २ हजार २ सय ४६ वटा ट्याक्सी दर्ता छन् । नयाँ भाडा लागु गर्न यातायात सम्बद्ध संघसंस्थाले लिखित प्रतिबद्धता जनाएका छन् । ट्याक्सीको लागि छत पहिलो हुनुपर्ने, चालकले सर्ट पाइन्ट लगाउनुपर्ने नियम पनि बनाइएको छ । ट्याक्सी व्यवसायीले १५० फ्ल्याकडाउन र ३० को पल्स अर्थात प्रतिकिलोमिटर १६० रुपैयाँ माग राखेका थिए ।
यसैगरी, गणस्तर तथा नापतौल कार्यालय कास्कीले ट्याक्सीको मिटर फेरबदल गर्न लागेको मन्त्रीका नीजि सचिव केदार सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार दिनमा ५० वटा ट्याक्सीको मिटर दर्ता फेर्न सकिन्छ । ‘सवै ट्याक्सीको मिटर फेर्नको लागि १ महिनाको समय तोकिएको छ’ उनले भने, ‘अव ट्यँक्सीमा चढेपछि यात्रुले विल पाउछन् । विलमा चालकको नाम, फोन नम्बर, ट्याक्सी नम्बर, कहाँबाट चढेको र कहाँ ओरलिएको । कति सयम हिडिएको अर्थात किलोमिटर र लागेको रकम सवै खुलाइन्छ ।’ यस्तो व्यवस्था भएसंगै उनले यात्रुको हराएका सामान पनि सजिलै भेटाउन सकिने बताए । ट्यँक्सी संचालक प्रकाश तिवारीले सरकारले बनाएको नियम कार्यान्वयनमा लैजानुपर्ने बताए । ‘दशौ बर्षदेखी ट्याक्सीमा मनोमानी मुल्य थियो, हामीले चाहेर पनि मिटरमा संचालन गर्न सकेका थिएनौ’ उनले भने, ‘अव ट्याक्सी मिटरमा चल्ने वातावरण बनेको छ ।’ जिरो किलोमिटरमा बस्दै आएका युवा व्यवसायी विष्णुप्रसाद पौडेल शर्माले ट्याक्सी लगायत अन्य सवारीमा तोकिएको भाडाले जनतालाइ राहात मिल्ने बताए । ‘हामी धेरै ट्याक्सीमा ठगिएका छौ’ उनले भने, ‘मिटरमा हिड्न पाउने हो भने ठगिदैनौ भन्ने लाग्छ ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *