गण्डकी प्रदेशसभाका जेष्ठ सदस्य बस्यालले लिए शपथ

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका हुन् । प्रदेश प्रमुखको निवासमा बिहान ११ बजे आयोजित एक कार्यक्रममा बस्यालले शपथ लिए ।
पर्वत २ बाट निर्वाचित बस्याल नेकपा एमाले निकट छन् । उनी २०१४ भदौ ५ गते जन्मिएका थिए । प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यले सपथ खुवाउने प्रावधान छ । सोहिअनुरुप गुरूङसमक्ष शपथ लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *