गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सोमबार

Share this post :

Facebook
Twitter
WhatsApp

केही दिनदेखी अन्योलमा रहेको गण्डकी प्रदेशको विशेष अधिवेशन आउने सोमबार बस्ने भएको छ । विहिबार गण्डकी प्रदेश सचिवालयमा बसेको कार्य व्यवस्था परामर्श समितिको वैठकले मिति तय गरेको हो । सोही दिनमा सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथी मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभामुख नेत्रनाथ अधिकारी परामर्श समितिको वैठकले सर्वसम्मत रुपमा विशेष अधिवेशनको मिति तय गरेको बताए । उनले सोही दिनमा पक्ष र विपक्षमा लिखित मत विभाजन हुने बताएका छन् । वैठकमा सवै राजनीतिक दलको उपस्थिति थियो । प्रदेशसभा वैठक वैशाख १५ देखी अनिश्चितकालको लागि स्थगित गरिएको थियो । विशेष अधिवेशन वैशाख १३ देखी सुरु भएको थियो । अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले वैशाख १ कै मध्यरातमा हिउ“दे अधिवेशन अन्त्य गराएका थिए । चैत २५ मा सुरु भएको हिउ“दे अधिवेशन जम्मा ३ दिन चल्यो । वैशाख १ मा जनमोर्चा र २ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीविरुद्ध कांग्रेस, माओवादी र जसपाका २८ सांसदले वैशाख २ मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

वैशाख २ मै तीन दलले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुख अमिक शेरचन समक्ष निवेदन बुझाए । सो अनुसार प्रदेश प्रमुख शेरचनले वैशाख १३ मा विशेष अधिवेशन आहावान गरेका हुन् । विशेष अधिवेशनको पहिलो दिनमै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्ताव टेबुल गरेका थिए । १४ को वैठकमा सत्तारुढ दलले सवै सांसदको पीसीआर परीक्षण गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गरेको थियो । १५ गते दिउ“सो १ बजेसम्म स्थगित भएर संचालन भएको वैठकमा राजमोका सांसद खिमविक्रम शाही उपस्थिति नभएपछि राजमोकी सचेतक पियारी थापाले सांसदको खोजी गर्न माग गर्दै सचिवालयमा निवेदन दिएकी थिइन् । थापाले सांसदको अवस्था सार्वजानिक नभएसम्म संसद स्थगित गर्न माग राखेकी थिइन् । जनमोर्चाको माग अनुसार संसद वैठक अनिश्चितकालको लागि स्थगित भएको थियो । पोखराको चरक मेमोरियल अस्पतालमा भेटिएका सांसद शाही अहिले पनि सोही अस्पतालमा उपचारत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *