गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आज

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुदैछ । बुधबार दिउँसो २ बजेबाट वैठक संचालन हुने गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन ६ गते अधिवेशन आह्वान गरेका थिए ।

वर्खे अधिवेशन गत असोजमा बन्द गरिएको थियो । विजनेश अभावका कारण सरकारले हिउँदे अधिवेशन सुरु गरेको थिएन् । बर्खे अधिवेशन सम्पन्न भएको करिव ६ महिनापछि हिउँदे अधिवेशन आवह्रान गरिएको हो । अधिवेशन सम्पन्न भएको ६ महिना नपुग्दै अर्को अधिवेशन संचालन गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्रवान गरेका हुन् ।

हिउँदे अधिवेशन नदीपुरस्थित प्रदेशसभाको भवनमा नै संचालन हुने सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलका अनुसार आजको वैठकमा चार वटै ससदीय दलका नेताले सम्बोधन गर्नेछन् । यस्तै, विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउविजन सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेश हुने उनले बताए । यी विधेयक दफावार छलफलको लागि समितिमा पठाइएको थियो । समितिले छलफलपछि सचिवालयमा पठाइएको थियो । संशोधनसहित प्रदेशसभामा नै फिर्ता हुने सचिवालयले जनाएको छ । प्रदेश मामिला तथा कानुन समितिद्धारा आमसञ्चार सम्बन्धी व्यवस्था गर्न विधेयक र सामाजिक विकास तथा कृषि समितिले गण्डकी प्रदेशमा बीउ विजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरेको थियो ।

प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजानिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि प्रदेश सभामा पेश हुने छन् । प्राइभेट फार्म सम्बन्धी विधेयक संसद सचिवालयमा यसअघि नै दर्ता भएको थियो भने, सडक निर्माण सम्बन्धी विधेयक मंगलमार मात्रै संसद सचिवालयमा दर्ता गरिएको थियो । सचिवालयमा दर्ता भएको विधेयक ७३ घण्टा पूरा भएपछि मात्रै संसद्मा पेस गर्न पाउने व्यवस्था छ । हिउँदे अधिवेशनमा सात वटा विधेयक अघि बढाउने तयारी सरकारको छ । प्रदेशसभाबाट हालसम्म ६६ वटा विधेयक पारित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *