यसअघि गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १० गरी २७ सांसदसहित नेकपा एमाले बलियो पार्टीको रुपमा थियो । तर, यसपटक एमालेले पहिलाको साख जोगाउन सकेन् । दोस्रो शक्तिको रुपमा रहेको नेपाली काँग्रेस यसपटक भने पहिलो शक्तिको रुपमा उदय भएको छ । प्रत्यक्षतर्फ काँग्रेसले १६ सिट जितिसकेको छ । अघिल्लोपटक ६ प्रत्यक्ष र ९ समानुपातिक गरि १५ सिटमा सिमित थियो ।
३६ प्रत्यक्ष र २४ समानुपातिक गरि ६० सिटको गण्डकी प्रदेशसभामा माओवादी केन्द्रले ४ सिट जित हाँसिल गरेको छ । अघिल्लोपटक ९ प्रत्यक्ष र ३ समानुपातिक गरि १२ सदस्य थिए । माओवादी केन्द्रकै चुनाव चिन्हमा गोरखाबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटासहित माओवादीको ५ सिट छ । राष्ट्रिय जनमोर्चा पार्टीबाट प्रत्यक्षतर्फ प्रदेशसभामा एउटा पनि उम्मेदवार थिएनन् । ३६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ३४ वटाको चुनावी परिणम सार्वजानिक भइसकेको छ । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना नहुदा“ २ वटा निर्वाचन क्षेत्रको नजिता आउन बाँकी रहेको हो । यसक्षेत्रमा मतगणना भए प्रदेशसभा सदस्य भएर आउने काँग्रेस र एमालेमध्ये एक हुन् । प्रदेशसभामा एमालेतर्फ १२ सिट रहेको छ । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार राजिव गुरुङ रहेका छन् ।
सार्वजानिक चुनावी नजिता हेर्दा गण्डकी प्रदेश सरकार कुनै पनि दलको एकल सरकार बन्ने देखिदैन् । अघिल्लोपटक दुई प्रत्यक्ष र एक समानुपातिकसहित राजमोका ३ सांसद थिए । बाबुराम भट्टराई नेतृत्वको पार्टी तत्कालीन नयाँ शक्तिबाट एक प्रत्यक्ष र एक समानुपातिक गरि दुई प्रदेश सांसद रहेका थिए भने, मनाङ २ बाट स्वतन्त्र उम्मेदवार राजिव गुरुङ रहेका थिए । गण्डकीमा सरकार बनाउन ३१ सांसद चाहिन्छ । पुरै सांसद कुनै पनि दलको नपुग्ने भएको हुदाँ यहाँ गठबन्धनकै कारण बन्नेमा निश्चित देखिन्छ ।
गण्डकीबाट प्रतिनिधिसभामा पनि काँग्रेस अगाडि
सार्वजानिक चुनावी परिणम अनुसार गण्डकी प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेस अगाडि रहेको छ । गण्डकी प्रदेशका १८ प्रतिनिधिसभा क्षेत्रमध्ये काँग्रेसले मात्रै ९ वटामा जित हा“सिल गरेको छ । यस्तै, दोस्रोमा एमाले रहेको छ । एमालेले ५ सिट जितेको छ भने माओवादी केन्द्रले २ र राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सिट जित हाँसिल गरेको छ ।
नेपाली काँग्रेसलाई माअाेवादी केन्द्र र एकीकृत समाजवादी, लगायतका दलकाे सर्पाेट थियाे ।