गण्डकी प्रदेशसभामा राप्रपा प्रवेशसँगै बाहिरीयो राजमो

Share this post :

Facebook
Twitter
WhatsApp

२०७४ को निर्वाचनमा दुई सिट प्रत्यक्ष निर्वाचन प्रणलीबाट निर्वाचित भएको राष्ट्रिय जनमोर्चा पार्टीबाट गण्डकी प्रदेश सभामा समानुपातिक सहित तीन सदस्य थिए । तर, यस पटक भने राजमो बाहिरिनु परेको छ । गण्डकी प्रदेशबाट राजमोका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसी बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्दा प्रदेशमा उम्मेदवारी खाली भएको थियो ।
सत्ता गठबन्धनबाट राजमोलाई प्रतिनिधिसभा सदस्यमा भाग मिलाउदा प्रदेशसभामा भाग नपुगेको हो । यसअघि प्रदेश सरकार निर्माणमा राजमोको निर्णयक भूमिका थियो । तर, यसपटक भने राजमो बाहिरिएको छ भने, राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशसभामा प्रवेश हुने भएको छ । यसअघि प्रदेशसभामा सहभागीता नभएको राप्रपाले यसपटक समानुपातिकतर्फ दुई सिटसहित प्रवेश गर्ने भएको छ । निर्वाचन आयोगले बुधबार सार्वजानिक गरेको समानुपातिक सूचि अनुसार राप्रपा गण्डकी प्रदेशसभामा भित्रिएको हो । गण्डकी प्रदेशमा समानुपातिकतर्फ नेकपा एमाले पहिलो दलको रुपमा मत पाएको छ । गण्डकी प्रदेशसभा अन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये एमालेले प्रत्यक्षतर्फ १२ सिट ल्याएको छ । समानुपातिकतर्फ १० गरी प्रदेशसभामा एमालेका २२ सांसद रहने भएका छन् ।
२०७४ को निर्वाचनमा सवैभन्दा ठूलो दल बनेको एमाले यसपटक घुम्चिएको छ । अघिल्लो निर्वाचनमा १७ सिट प्रत्यक्ष र १० समानुपातिक गरी २७ सिट जितेको थियो । यसपटक भने का“ग्रेसले २७ सिट पाउने भएको छ । प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकमा ९ सिट गरी का“ग्रेसले २७ सिट पाउने भएको हो । यसैगरी, नेकपा माओवादी केन्द्र पनि अघिल्लो निर्वाचनको तुलनामा यसपटक घुम्चिएको छ । ९ प्रत्यक्ष र ३ समानुपातिक गरी प्रदेशसभामा १२ सिट जितेको माओवादी यसपटक भने ८ सिटमा सिमिति रहने भएको छ । प्रत्यक्षतर्फ ५ (हसिया“ हथौडाको चुनाव चिन्ह लिएर उम्मेदवार भएका नेपाल समाजावदी पार्टीका फणिन्द्र देवकोटासहित) र समानुपातिकतर्फ ४ सिट गरी ८ सिट पाउने भएको हो । मनाङ–२ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित राजिव गुरुङ (दीपक मनाङे) यसअघिको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएर नै निर्वाचित भएका थिए । उनी केही दिनअघि मात्रै माघवकुमार नेतृत्वमा रहेको एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत नपुग्ने भएकाले सरकार गठनमा दलहरु मिल्नुपर्ने बाध्यतात्मक अवस्था छ । हालको सत्ता गठबन्धनले निरन्तरता पाएको खण्डमा गठबन्धनकै सरकार बन्ने निश्चित प्रायः छ । गणितीय हिसावकितावमा का“ग्रेस र माओवादी भए सरकार गठन हुन सक्ने छ । यसबाहेक गठबन्धनको समाजवादीको एक सिट जोड्दा जम्मा ३६ सिटको सरकार बन्नेछ । यस्तै, एमाले र माओवादी केन्द्र मिलेको खण्डमा राप्रपा या, एकिकृत समाजवादीका मनाङेलाई विश्वासमा लिनुपर्नेछ । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ३१ सांसदको आवश्यकता पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *