गण्डकी प्रदेश प्रहरीको नेतृत्व डीआईजी दुर्गा सिंहले सम्हाल्ने भएकी छन् । गृहमन्त्रालयको विहीवार बसेको बैठकले गण्डकीमा सिंहलाई पठाउने निर्णय गरेको हो । सिंह यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत थिइन् ।
डीआइजी विकासराज खनालले उमेरहदका कारण वैशाख ७ मा अवकाश पाएसंगै रिक्त उक्त पदमा सिंह आउने भएकी हुन् ।
Post Views: 90