प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले प्रदेश प्रमुखको पदभार ग्रहण गरेकी छन् । सोमबार पदभार गरेकी सिंहले प्रदेश कार्यालयको सम्पुर्ण शाखाको स्थलगत निरिक्षण गरेकी थिइन् । गृहमन्त्रालयको वैशाख १३ मा बसेको वैठकले सिंहलाई गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी दिएको थियो । यसअघि उनी रानीपोखरी काठमाडौंमा कार्यरत थिइन् ।
पदभार ग्रहणपश्चात सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारी र उपस्थित कार्यालय प्रमुखलाई प्रदेशको शान्ति सुरक्षामा प्रहरी प्रभावकारीतालाई थप गर्न संगठनको मुल्य मान्यतालाई आत्मसाथ गरीे कार्य सम्पादन गर्न निर्देशन दिइन् ।
Post Views: 101