गण्डकी प्रदेश सभाले मनायो चौथो वार्षिकोत्सव

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशसभाले शनिबार चौथो वार्षिकोत्सव मनाएको छ । सचिवालयमा आयोजित अन्र्तक्रियामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकको ठीक मध्यभागमा रहेको गण्डकी प्रदेशले राज्य निर्माणका लागि ठूलो योगदान पुयाएको स्मरण गरे । उनले भने, ‘गण्डकीले सम्पादन गर्नुपर्ने दायित्व जहिले पनि अब्बल रहनुपर्छ ।’
संघीयताको मर्म र भावनालाई बुझेर अगाडि बढ्नु जरुरी रहेको भन्दै उनले केन्द्रमुखी भावनाले संघीयता मारमा परेको बताए । ‘संघ सरकार अधिकार दिन चाहेको छैन, जुन विकासको वाधक बनेको छ’ उनले भने । प्रदेश पनि केन्द्रमुखी देखिएको उनको भनाइ छ । प्रदेशले समेत संघको, केन्द्रको मुख ताकेको देखिएको उनले बताए । केन्द्रले कानुन नबनाउदा प्रदेशले कानुन बनाउन नपाएकोबारे अन्र्तकृयामा छलफल भएको थियो । उनले विकास र समृद्धि रहेको बताउदै राजश्व केन्द्रमुखी रहेको, बजेट निर्माण पनि त्यही अनुसार गरिएका कारण संघीयतालाई सवल बनाउन नदिने उनले बताए ।
सुरुआती अवस्थामा जे भए पनि अब ४० प्रतिशत संघ र ६० प्रतिशत रकम प्रदेश र स्थानीय तहमा जानुपर्ने भनाइ उनले राखे । ठूला पूर्वाधार बनिसकेपछि केन्द्रमा २० र तल ८० प्रतिशत बजेट बिनियोजन हुनुपर्ने उनको तर्क थियो । उत्तरी गोरखाको भौगोलिक अवस्था निकै विकट रहेको भन्दै उनले विकासमा पछि परेको चुमनुब्री र धार्चे गाउ“पालिको भूगोललाई समेटेर अलग्गै जिल्ला बनाउन पहल गर्न उनले प्रदेशस“ग आग्रह गरे । उनले भने, ‘भूगोल ठूलो छ, मनाङ र मुस्ताङमा ती पालिकाको जनसंख्या बढी छ ।’ प्रदेश संरचनाले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै उनले उसका लागि जनप्रतिनिधि बढी उत्तरदायी हुन जरुरी रहेको बताए ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुलुकका ३ तहका सरकार स्थापनास“गै राज्यले नागरिकको नजिक पुग्ने प्रयास गरेको बताए । नागरिकले पनि सहजरुपमा नजिकैबाट सेवा पाएको भन्दै उनले प्रदेशले आफूलाई मजबुत गर्र्दै केन्द्रमा मात्र केन्द्रित हुनुपर्ने अवस्थाको अन्त्य गरेको बताए । प्रदेश सभाले यो अवधिमा गरेको उपलब्धिको सरहाना गर्दै उनले यसैमा चित्त बुझाएर नबस्न र अगाडि बढ्न आग्रह गरे । उनले भने प्रदेश सभामा सहभागी सबै राजनीतिक दलले एकीकृत रुपमा पहल गर्न जरुरी रहेको बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश सभा अस्तित्वमा आएपछिका ४ वर्ष सफलतापूर्वक बितेका बताए । सबै सदस्यको अनुभव प्रयोग गर्दै सरल तरिकाबाट प्रदेशको नामकरण र राजधानी घोषणा गरेर परिपक्वता देखाएको उनको भनाइ थियो ।
विशेष बैठक, साझा संकल्प प्रस्तावका अतिरिक्त संसद बैठक अवरुद्ध हु“दा वार्तामार्फत नै सहमति गरे अगाडि बढाउने काम संसदबाट भएको उनको भनाइ थियो । विगतमा निर्माण भएका कानुनमा परिमार्जन गर्दै अब पाइपलाइनमा रहेका विधेयकलाई घनिभूत रुपमा छलफल गरी पारित गर्न मुख्यमन्त्रीले आग्रह गरे ।
सभामुख नेत्रनाथ अधिकारीले शून्यबाट उठेर प्रदेश सभाले ४ वर्षको अवधिमा ठूलो उपलब्धि हासिल गरेको बताए । काम गर्ने सन्दर्भमा भएका कमजोरी सुधार गर्दै प्रदेश सभा अगाडि बढ्ने उनको भनाई थियो । कार्यक्रममा संविधान सभा सदस्य खीमलाल देवकोटाले राज्य शक्तिको प्रयोग गर्ने भएकाले संघीयतालाई मलजल गर्नका लागि प्रदेश सभाले जति भूमिका निर्वाह गरेको त्यसका लागि धन्यवाद व्यक्त गरे । पूर्वमन्त्री एकनाथ ढकालले असल नजीर स्थापना गरी भावी पिंढीले स्मरण गर्ने गरी काम गर्न शुभकामना दिए ।
संविधान सभा सदस्य अमृता थापा संविधानको मर्म अनुसार ३ तहका सरकार अगाडि बढेको बताउदै ३ तहका सरकारको प्रभावकारिता अझ बढाउदै जानुपर्ने बताइन् । नयाँ संरचनाको संस्थापक भएकाले प्रदेश सभा सदस्यको अझ बढी दायित्व रहेको उनको भनाइ थियो । उनले ३ तहका सरकारबीच समन्वयमा जोड दिइन् ।
संविधान सभा सदस्य डा भीष्म अधिकारीले संघीयताको शैशवकालको अवस्थामा धेरै कानुन बनेको बताए । बनेका कानुन कार्यान्वयनमा जोड दिनुपर्ने भन्दै उनले प्रदेशको उन्नतीका लागि अझै रचनात्मक कानुन ल्याउन आग्रह गरे । प्रतिनिधि सभा सदस्य विनोद चौधरीले प्रदेश सभाले गरेका गतिविधि अति नै उत्कृष्ट रहेको भन्दै प्रशंसा गरे । प्रतिनिधि सभा सदस्य देव गुरुङले संघीयतालाई मजबुत बनाउ“दै प्राप्त उपलब्धिलाई जोगाउन प्रदेश संरचना सचेत रहन आग्रह गरे ।
प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले प्रदेश सभाले हालसम्म ५० वटा कानुन पारित गरेको भन्दै ती कानुनले नागरिकको हितमा कति काम गरेका छन् भनेर समीक्षा गरिनुपर्ने बेला अब आइसकेको बताएका थिए । वार्षिकोत्सवका अवसरमा प्रकासन गरिएको स्मारिका उक्त अवसरमा विमोचन गरिएको छ । ३ तहको निर्वाचन सकिएलगत्तै २०६४ माघ ७ गते प्रदेश सभा सदस्यहरुको सपथग्रहण भएको थियो भने माघ २२ मा पहिलो बैठक बसेको थियो । यस अवविधमा ८ अधिवेशन र २ वटा विशेष अधिवेशन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *