गण्डकी प्रदेश स्वास्थ्य निती जारीः आधारभुत स्वास्थ्य सेवा निःशुल्क

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सरकारले पहिलो पटक स्वास्थ्य निति निर्माण गरेको छ । सरकारको मन्त्रिपरिषदको बैठकले गण्डकी प्रदेश स्वास्थ्य निति २०७८ जारी गरेको हो । मुख्यतः हरेक स्वास्थ्य सस्थामा स्वास्थ्यकर्मी पु्याउने उद्धेश्यका साथ नयाँ स्वास्थ्य नितिमा एक चिकित्सक, स्वास्थ्यकर्मी एक सस्था निति अबलम्वन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले जानकारी दिइन् ।
मन्त्री अधिकारीका अनुसार यो स्वास्थ्य नितिले बिशेषगरी नेपालको राजनितिक परिबर्तनका लागि भएका जनयुद्ध, जनआन्दोलन, मधेश तथा थारुहट आन्दोलनका क्रममा भएका शहिद तथा बेपत्ता, घाईते, अपाङ्गता भएका ब्याक्ति तथा परिवारको स्वास्थ्यको सुनिश्चित गर्ने उद्धेश्यले प्रदेश मातहतका अस्पताल मार्फत निःशुल्क उपचारको ब्यबस्था मिलाउने कुरा नितिमै उल्लेख गरिएको छ । त्यसैगरि आधारभुत स्वास्थ्य सेवालाई नागरीकको मौलिक हकको रुपमा स्थापित गरिसकेको सन्र्दभमा प्रदेशका जनताको स्वास्थ्य संबन्धी मौलिक हकलाई सुनिश्चित गर्दे कार्यान्वयन गर्ने दायित्व प्रदेश सरकारको हुने ब्यबस्था निति मार्फत गरिएको छ ।
संघियताको मर्म बमोजिम संघ र स्थानिय तह संग सहकार्य गर्दे समतामुलक गुणस्तरीय स्वास्थ्य सेवा प्रबाहमा आमनागरीककोे सर्बब्यापी पहुँच सुनिश्चित गर्ने कार्यको आरम्भ पनि प्रदेश स्वास्थ्य नितिले गरेको बताइएको छ । स्वास्थ्य बिमा लागु भएका अस्पतालमा सार्वजनिक सुनुवाई कार्यक्रम लागु गरि स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन संयन्त्र र्निमाण गरिने कुरालाई नितिमा जोड दिइएको छ ।
प्रदेशभित्र पाईने बिभिन्न जडिबुटीलाई उत्पादन गर्न प्रोत्साहनकोे निति लिइएको छ । ब्याक्तिको आयआर्जनका लागि पनि जडिबुटी उत्पादन तथा प्रसारण लाई जोडेर लैजाने महत्वपुर्ण बिषय नितिमा राखिएको स्वास्थ्य मन्त्री अधिकारीले बताइन् । प्रदेशलाई चाहिने स्वास्थ्यकर्मी तथा बिशिष्ट दक्ष जनशक्तिका लागि छात्रबृत्तिको ब्यबस्था मिलाईने कुरा नितिमा उल्लेख छ । गण्डकी प्रदेश पर्यटकको प्रमुख गन्तव्य स्थल भएको  अन्र्तराष्ट्रिय पर्यटकिय चिकित्सा केन्द्रको रुपमा स्थापना गर्दे पर्यटकमैत्रि स्वास्थ्य सेवा सुनिश्चित गर्ने, किशोरीका लागि आईरन लगायतका आवश्यक तत्वको उपलब्धता लगायतका बिषय पनि नितीमै राखिएको छ । त्यसैगरि सरकारद्धारा एक पालिका, एक ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम लागु गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *