गण्डकी प्रदेश सरकारको दोस्रो मन्त्रिपरिषद्को वैठक आज बस्ने भएको छ । विना विभागीय मन्त्री हरिबहादुर चुमानका अनुसार विहान साढे ११ बजे बस्ने भएको हो । उनले उक्त वैठकमा सरकारले विश्वासको मत लिने विषयमा छलफल हुने बताएका छन् । ‘सभामुख र उपसभामुख तोक्ने विषयमा पनि छलफल भइरहेको छ’ उनले भने, ‘दलले मन्त्रालयको जिम्मेवारी पनि तोक्नै बा“की छ । यसो त, मन्त्रिमण्डल पुरा भएकै छैन् । यिनै विषयमा छलफल हुने हो ।’ सोमबार मुख्यमन्त्रीसहित ३ जना मन्त्री नियुक्त भएका थिए । तीन मन्त्रीको लागि मन्त्रालयको टुंगो लागेको छैन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गण्डकी प्रदेशमा १२ मन्त्रालय छन् ।
Post Views: 30