गण्डकी विश्वविद्यालयको १० वर्षे रणनीतिक योजना सार्वजानिक

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी विश्वविद्यालयले आगामी १० वर्षको लागि रणनीतिक योजना सार्वजानिक गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा विश्वविद्यालयले रणनीतिक योजनाका कारण र लक्ष्यसहित १२ वटा रणनीति स्तम्भको विमोचन गरेको हो । प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले समयसापेक्ष मात्र नभई भूगोल सुहाउ“दो योजना समावेश गरिएको बताए ।
विश्वविद्यालयले बजारको माग अनुसारको पाठ्यक्रम निर्माणमा जोड दिने भएको छ । अन्य प्रदेशमा संचालन नभएका पाठ्यक्रममा जोड दिएको छ भने, गण्डकी विश्वविद्यालय र देशको मानव विकासमा जोड दिइएको छ । यस्तै, विश्वविद्यालयमा उत्पादन भएका जनशक्ति र कार्यक्रम परिवर्तन ल्याउँन सक्ने हुने, अनुसन्धान र नवप्रवर्तन (ल्याव र समुदायसँग मिलेर) विश्वविद्यालयका हरेक नियुक्तिमा लैङिगक समानतामा जोड दिने योजना रहेको छ । ‘हामीले उत्पादन गरेका जनशक्तिमध्ये महिलालाई नै पहिलो प्राथमिकतामा राखनेर काम गर्छौ’ उनले भने । यस्तै, विश्वविद्यालयमा अध्यापन गराउने कोर्षमध्ये उद्यमशिलताको कोर्ष अनिवार्य संचालन गर्ने, विश्वविद्यालयमा वातावरणमैत्री पूर्वाधार निर्माण, आर्थिक दीगोपना, विश्वविद्यालयसँग साझेदारी र सहकार्यका कार्यक्रम संचालन, गण्डकी विश्वविद्यालमा आउने विद्यालयमा विज्ञान तथा प्रविधिको क्षमता विकासमा विविले सहयोग गर्ने र नीजि संस्थाको संस्कृतिलाई पनि जोड दिने गरी रणनीतिक योजना तय गरिएको पूर्व उपाध्यक्ष पौडेलले बताए । विविले रणनीति योजना बनाउनको लागि विभिन्न चार समिति गठन गरेको थियो ।
प्रदेश प्रमुख गुरुङले अन्य विविमा जस्तै सैदान्तिक पढाईमा मात्र जोड नगर्न अनुरोध गरे । उनले सैदान्तिक र व्यवहारिक पढाई बजारको माग अनुसार संचालन गर्नुपर्ने बताएका थिए । विविले सैदान्तिक र व्यवहारिक पढाईलाई सँगसँगै लैजाने जनाएको छ । उनले विश्वविद्यालयको भविष्य भनेको सरकारको हातमा र्निभर रहने बताए । ‘सरकार विविप्रति सकरात्मक बन्यो भने उत्कृष्ट बनाउन सकिन्छ’ उनले भने, ‘यदी विविको महत्व बुझिएन भने सरकार नकरात्मक बन्छ । विवि यतिकै अस्ताउछ ।’ प्रदेश प्रमुख गुरुङले विवि स्वायत्त रहनु र कुलपतिको पदिय दायित्वसमेत सरकारले नलिएका कारण राजनीति हस्तक्षेप नहुने बताएका छन् । उनले विविका १० वर्षिय रणनीतिक योजना उत्कृष्ट भए पनि कार्यान्वयनमा समस्या हुने बताए । उनले आर्थिक स्रोतलाई पनि जोड दिनुपर्ने बताए ।
विविमा अनुदान प्राप्त गर्न पनि आफ्नै भवन र जग्गा हुनुपर्ने गुरुङको भनाई थियो । उनले व्यंग गर्दै भने, ‘धान र कोदो छुट्याउन सक्ने गरि अध्यापन गराउनुपर्छ ।’ विविका कुलपति प्राडा गणेशमान गुरुङले दुई वटा सरकार परिवर्तन भइरहदा पनि विवि अनुदान आयोगमा गण्डकीलाई समेट्न पहल नगरेको बताए । ‘यसतर्फ दुवै जना मुख्यमन्त्री असफल भए’ कुलपति गुरुङले भने, ‘हामीले विविमा ५ वटा विषयमा अध्यापन गराएका छौ । कोदोको रक्सीको ब्राण्डबारे अनुसन्धान भइरहेको छ । आविष्कार केन्द्रको स्थापना गरेका छौ ।’ उनले विविका प्रशस्त ऐन, नियम कानुन भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताएका थिए । विविले सैदान्तिकस“गै व्यवहारिक शिक्षामा पनि जोड दिने गरि रणनीतिक योजना तय गरेको कुलपति गुरुङ बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *