गण्डकी विश्वविद्यालयमा “इनोभेसन सेन्टर”

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी विश्वविद्यालयले आफ्नै इनोभसन सेन्टरको स्थापना गरेको छ । विश्वविद्यालयको स्थापना भएको दुई वर्षको अवसरमा आफ्नै प्राङगण पोखरा–३२ स्थित इनोभेसन सेन्टर (आविष्कार केन्द्र)को स्थापना गरेको हो । डा महाविर पुनसंगको सहकार्यमा निर्माण गरिएको विश्वविद्यालयले जनाएको छ । यसबाट के उत्पादन गर्ने भन्ने टुंगो नलागिसकेको विविका कुलपति प्राडा गणेशमान गुरुङले बताए ।
‘उत्पादन के लाई जोड दिने भन्ने छलफल भइरहेको छ’ कुलपति प्राडा गुरुङ भन्छन, ‘जनताको लागि चाहिने बहुउपयोगी सामान जे हुन्छ हामी त्यही उत्पादन गर्छौ । स्वास्थ्य र कृषि क्षेत्रमा हाम्रो जोड हुन्छ ।’ उत्पादनको विषयमा अध्ययन गर्नको लागि विविले प्राविधिक टिमको समिति गठन गरेको छ । पश्चिमाञ्चल इन्जिनियर केन्द्रका प्राविधिक प्रदीप जोशीको नेतृत्वमा महाविर पुनको आविष्कार केन्द्रका मेकानिकम इन्जिनियर र विविकै रजिष्ट्रार सदस्य रहेका छन् । उक्त समितिले विविलाई अध्ययन प्रतिवेदन बुझाउनेछ । प्रतिवेदनको आधारमा नै उत्पादन कार्य शुरु गरिने कुलपति गुरुङले जानकारी दिए ।
१ करोड लागतमा विविले आविष्कार केन्द्रको भवन निर्माण गरेको छ भने डेढ करोड लागतमा आवश्यक मेसिन (सामान) ल्याइसकेको जनाएको छ । ‘मेसिनहरु चाइनाबाट ल्याएका हौ’ कुलपतिले भने, ‘१ करोड बराबरको सामाग्री अझै किन्न बाँकी छ ।’ विविले सवारी साधनका पार्टपूर्जा निकाल्ने तयारी पनि गरेको उनले बताए । उनका अनुसार के गर्दा ठिक हुन्छ भनेर विकल्पका अध्ययन पनि गरिएको छ । ‘गाउँमा परम्परागत रुपमा कोदो ठट्याइन्छ’ उनले भने, ‘अव प्रविधिमार्फत नै कोदो र भुष छुट्याउने, लौरोको प्रयोग हटाउनुपर्छ की भनेर यो विधि पनि सोचेका छौ ।’ उनले प्राविधिक टिमले दिएको सुझाव अनुसार नै अघि बढ्ने बताए । गण्डकी विश्वविद्यालयबाट अध्यापन, कोदोको रक्सीको अनुसन्धान र इनोभेसन सेन्टर तीनवटा उत्कृष्ट कार्य गरेको कुलपति गुरुङ बताउँछन् । ‘हामीले विश्वकै उत्कृष्ट विश्वविद्यालय बनाउने लक्ष्य लिएका काम गरेका छौ’ उनले थपे, ‘स्थापनादेखी नै प्रत्येक वर्ष नयाँ÷नयाँ एक÷एकवटा काम थप्दै आएका छौ ।’
गण्डकी प्रदेश सरकारको स्थापना भएपछि २०७६ फागुन ४ मा गण्डकी विश्वविद्यालयको स्थापना भएको हो । कुलपति नियुक्तको आधारलाई नै विविको बार्षिकोत्सवको रुपमा मनाइदै आएको छ । गण्डकी विश्वविद्यालय ऐन, २०७६ पारित गरि न्याषिक परिषद्को अवधारणसहित विविको स्थापना भएको हो । नेपालका १३ विविमध्ये गण्डकीमा मात्रै कुलपति प्राडा रहेका छन् । प्राज्ञिक र अनुसन्धानको थलो बनाउने उदेश्यले प्रदेश सरकारले गण्डकी विविको स्थापना गरेको थियो । विविमा अहिले व्याचलर अफ फार्मेसी, व्याचलर इन्फमेसन टेक्नोलोज, व्याचलर इन स्पोर्टस म्यानेजमेन्टका कक्षाहरु संचालन भइरहेका छन् भने, विविए र विए एलएलबीको लागि भर्नाको आवेदन खुलेको रजिष्ट्रार डा कैलाश तिमिल्सेनाले जानकारी दिए । संघीय सरकारले पोखरा–३२ मा ३५१ र तनहुँको शुक्ला गण्डकी नगरपालिका–५ मा १७५ गरी ५२६ रोपनी जग्गा विविलाई भोगचलनको लागि दिएको छ ।
विविले पोखरा–३२ स्थित प्रिफ्याब भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको तिमिल्सेनाले बताए । ‘हाम्रो प्रमुख प्राथमिकता अनुसन्धानमा हुन्छ’ उनले भने, ‘थेउरी भन्दा प्राटिकललाई जोड दिएका छौ । अनुसन्धानमा विद्यार्थी र अनुसन्धानकर्ता दुवैको सहभागीता हुन्छ ।’ आन्तरिक स्रोत परिचालन गर्ने र बाह्रय अनुसन्धानको लागि स्रोत खोजी भइरहेको विविले जनाएको छ । तिमिल्सेनाका अनुसार विज्ञान, प्रविधि, स्वास्थ्य, कृषि, वन, इन्जिनियरिङ, कला, वातावरण, पर्यटन लगायतका क्षेत्रमा विविको प्राथमिकता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *