गण्डकी विश्वविद्यालयले शिक्षण अस्पताल संचालन गर्ने

Share this post :

Facebook
Twitter
WhatsApp

नेपालमा नै पहिलोपटक खेलकुद अध्यापन सुरु गरेको गण्डकी विश्वविद्यालयले शिक्षण अस्पताल स्थापना गर्ने भएको छ । छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको यस विविले शिक्षण अस्पताल आयोजना विकासको अवधारणा तयार गर्न कुलपति प्राडा गणेशमान गुरुङको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले अध्ययन प्रतिवेदनसमेत बुझाइसकेको छ ।

यसका लागि पोखरा महानगर लेखनाथस्थित तालडा“डा सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गर्दै आएको व्लक नं–५ मा रहेको २३६ रोपनी कसेरीघाटको जग्गा विश्वविद्यालयको उपभोगका लागि सहमति दिई प्रक्रिया अगाडि बढेको प्राडा गुरुङले बताए । यस विश्वविद्यालयले पठनपाठन, अनुसन्धान, आविष्कार र अन्वेषणको क्षेत्रलाई विशेष महत्व दिदै विभिन्न कार्यक्रम अगाडि बढाएको छ । यहा“ सूचना प्रविधि र खेलकुद व्यवस्थापन, बि फर्मा, कानुन र व्यवस्थापनमा स्नातक तहमा कक्षा सञ्चालित छन् ।

आगामी दिनमा खानी, वातावरण विज्ञान, कृषि, ईन्जिनियरिङ, उद्यमशीलता जस्ता प्राविधिक विषयको पठनपाठन गर्ने लक्ष्य रहेको विविका रजिष्ट्रार कैलाश तिमिल्सिनाले जानकारी दिए । ‘समय अनुसार अहिलेको माग प्राविधिक हो’ उनले भने, ‘दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित पढाई संचालन गरेका छौ ।’ गण्डकी विविले दश वर्षे रणनीतिक योजना सार्वजानिक गरेको छ । रणनीतिक योजना र शैक्षिक आवश्यकता मूल्यांकनको अवधारण अनुसार विविले आफ्नो स्रोत साधन अनुसार विभिन्न कार्यक्रम अगाडि बढाएको तिमिल्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *