गण्डकी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को वैठकले सरकारी कागजात, लेटरप्याड, साइनबोर्ड तथा छापमा प्रयोग हुने नाम परिवर्तन गर्ने निर्णय गरेको छ । ‘प्रदेश मन्त्रालय र मातहतका कार्यालयमा प्रयोग हुने लेटरप्याड, साइनबोर्ड तथा छापमा एउटै ढाँचा नभएको, कतै प्रदेश मन्त्रालय र कतै गण्डकी प्रदेश भएकाले यसलाई एकरुपता ल्याउन गण्डकी प्रदेश सरकार लेख्ने निर्णय मन्त्रीपरिषद बैठकले गरेको सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन् ।
यो निर्णयसँगै प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश, पोखराको स्थानमा अब गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, पोखरा लेखिनेछ । साथै रिक्त रहेको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा विनोदविन्दु शर्मालाई नियुक्त गरिएको उनले बताइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा कार्यरत मेसु एघारौं तहक विश्वबन्धु बगाले अध्ययन विदामा भएकाले उक्त पद रिक्त रहेको उनको भनाई थियो ।
