गतवर्ष तनहुँमा २२ किलोमिटर सडक कालोपत्रे

Share this post :

Facebook
Twitter
WhatsApp

गत आर्थिक वर्ष २०७९–८० मा तनहुँमा २२ किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा एक बर्षभित्र ५ वटा सडक कालोपत्रे भएका हुन ।
भिमाद ऋषिङ सडक ६ किमी, भिमाद ऋषिङ (शितलमार्ग) १.८ किमी, कलेस्ती गजौडे–विर्ता–सुगुरेभञ्ज्याङ्ग–मानसयफाँट सडक ६ किमी, कालिमाटी मानेचोका दुधेकुना कुन्छा सडक २.२.किमी, दासढुङ्गा देयपुर सडक ६.२ किमी गरी २२ किलोमिटर सडक कालोपत्रे गरिएको पुर्वाधार बिकास कार्यालय तनहुँका प्रमुख दिनेश घिमिरेले जानकारी दिए ।
यस्तै, ९ वटा सडकपुल र ३ वटा झोलुङेपुल निर्माण सम्पन्न भएका छन् । कार्यालय प्रमुख घिमिरेका अनुसार तिरम्दीखोला, ज्वालाखोला, द्रोपदखोला, बरखोला, क्याङदीखोला, रिस्तीखोला (बगुवा), रिस्तीखोला पुल (सोतीबेसी), फेदीखोला र बढुुवाखोलामा गरी ९ वटा पुल निर्माण गरिएको छ । यसैगरी, समस्तीपुर–पानननचोक झोलुङेपुल आबुखैरेनी गाउँपालिका, भानु नगरपालिका र गोरखा जोड्ने खहरेखोला नारायणचौर झोलुङेपुल र व्यास नगरपालिका–१० मादी नदीमाथि परेवाडाँडामा गरी तीन वटा झोलुङेपुल निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *