गत आर्थिक वर्ष मुस्ताङमा यार्साबाट साढे १४ लाख रुपैयाँ राजश्व संकलन भएको तथ्यांक छ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण आयोजना ईलाका संरक्षण कार्यालय जोमसोम मातहतका ४ संरक्षण व्यवस्थापन समिति (सिएएमसी) को तथ्यांक अनुसार आव २०७९–८० मा यार्सा संकलन अनुमतिपत्र बापत १३ लाख ३० हजार र एक्याप छोडपुर्जीबाट १ लाख ४ हजार राजस्व उठेको हो ।
मुस्ताङका ३ स्थानीय तहका ९ लेकका सिएएमसीमध्ये ४ वटाले मात्र यार्सा संकलन अनुमति पत्र दिएका थिए । थासाङ गाउँपालिका वडा १ र २, घरपझोङ ४ जोमसोम र वारागुङ मुक्तिक्षेत्र १ मुक्तिनाथले यार्सा संकलन अनुमतिपत्र वापत राजस्व संकलन गरेको एक्याप जोमसोमले जनाएको छ । तर, कुञ्जो, लेते, मार्फा, कागबेनी र झोङ गाउँका सिएएमसीहरुले यार्सा संकलनका लागि अनुमति दिएका थिएनन् । ३ केजी यार्सा जिल्लाबाहिर निर्यात भएको तथ्यांक पनि सार्वजानिक गरिएको छ ।