‘गल्याङ गजल उत्सव- २०८१’ सम्पन्न

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको साहित्यिक इतिहासमा पहिलोपटक “गल्याङ गजल उत्सव- २०८१” कार्यक्रम सम्पन्न भएको छ ।

१५९ औं मोती जयन्तीको सन्दर्भमा गल्याङ प्रज्ञा प्रतिष्ठान, गल्याङ नगरपालिका, स्याङ्जाको आयोजनामा आज शनिबार गल्याङ-३, स्थित गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा गल्याङ गजल उत्सव- २०८१ पहिलो कार्यक्रमको रूपमा सम्पन्न गरिएको थियोे ।

गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा आयोजना गरिएको गल्याङ गजल उत्सव- २०८१ काे कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरप्रमुख तथा गल्याङ प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक गुरुप्रसाद भट्टराई रहेका थिए ।

आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिका वडा नम्बर- ३, १०, ८ र ११ का वडा अध्यक्ष क्रमशः कृष्णप्रसाद भट्टराई, मुक्तिप्रसाद खनाल, झिमबहादुर थापा र दलबहादुर सिङ्जाली एवम गल्याङ बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख ऋषिराम भण्डारी रहेका थिए ।

कार्यक्रमको सहजीकरण गल्याङ प्रज्ञा प्रतिष्ठानका संस्थापक सचिव युवा कवि मिलन समीरद्वारा गरिएको थियोे । स्वागत मन्तव्य प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष अग्रज साहित्यकार व्यक्तित्व सुर्यप्रसाद डुम्रेद्वारा गरिएको थियोे भने कार्यक्रममा मोतीराम भट्टको समग्र व्यक्तित्वको बारेमा प्रज्ञा प्रतिष्ठानका सदस्य युवा कवि प्रेमबन्धु सुवेदीद्वारा प्रकाश पारिएको थियोे ।

कार्यक्रममा स्याङ्जाली गजलकार व्यक्तित्वहरु मिलन समीर, दिलीप तिवारी फकिर, सुर्यप्रसाद डुम्रे, प्रेमबन्धु सुवेदी, कला पाठक, पारिश्वर न्यौपाने, चण्डिकाप्रसाद भट्टराई, स्मारिका अर्याल, सिर्जना रेग्मी उपाध्याय प्रकृति, ढालबहादुर के.सी., हरि अधिकारी, वसन्त खनाल, शम्भु अर्याल, तोरणराज बस्याल, नारायण न्यौपाने दर्शन, गुरुप्रसाद ढकाल, प्रेमकुमार काफ्ले, सिर्जना खनाल, सिर्जना पाठक, लीलाबल्लौ अर्याल, प्रकाश न्यौपाने प्रयास, प्रणव अर्याल, लक्ष्मणप्रसाद तिमिल्सिना, लेखनाथ काफ्ले, कुसुम भण्डारी, विक्रम परियार आदिद्वारा आफ्ना उत्कृष्ट गजल रचनाहरु वाचन गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *