गाउँको विकासका लागि समानुपातिक बजेट विनियोजन गर्छौं ः मुख्यमन्त्री पोखरेल

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गाउँको विकासका लागि समानुपातिक बजेट विनियोजन गर्ने योजनामा प्रदेश सरकार रहेको बताएका छन् । नेपाली काँग्रेस बागलुङले मङ्गलबार आयोजना गरेको भेटघाट कार्यक्रममा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले बजेट ल्याएकाले केही स्थानमा धेरै र केहीमा थोरै विनियोजन भएको पाइएकोले आगामी दिनमा समानुपातिक बजेट विनियोजन गरिने बताएका छन । उनले सोचेअनुसार काम हुन नसकेको र आगामी वर्ष सबै क्षेत्रलाई समेट्ने गरी बजेट ल्याउने उनको भनाइ रहेको थियो ।
बागलुङको सर्वसिद्धिधाम पञ्चकोटको अवलोकन गर्नुभएका पोखरेलले त्यसको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *