गाउँपालिका र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको कालीगण्डकी गाउँपालिका र सोही ठाउँको विर्घा स्वास्थ्य चौकीलाई एक कार्यक्रमबीच स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । गाउँ सेवा परिवार विर्घाले उक्त सामाग्री हस्तान्तरण गरेको हो । परिवारले अक्सिजन कन्सर्नट्रेटर, बाइपैप मसीन, पीपीई सेट, सर्जिकल मास्क, कोभिड संक्रमित, बच्चा, महिलादेखि वृद्द तथा दिर्घरोगिका औषधि, मल्टिभिटामिन लगायत अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको गाउँ सेवा परिवारका महासचिव राजेन्द्रप्रसाद पाण्डेयले जनाए ।
कोभिडको दोश्रो लहरको असर गाउँमा अझै बाँकी रहेको र तेश्रो लहर आउन सक्ने उच्च सम्भावना रहेकोले पालिकाबासीका लागि केहि सहयोग पुगोस् भनि परिवारले समयमै अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध पाण्डेले बताए । कुनै प्रतिफलका लागि नभएर विशुद्द सेवाभावले सहयोग गरिएको उनको भनाई छ । ‘हाम्रो सानो सहयोगले कोहि १ जना व्यक्तिको मात्र जीवनरक्षा गर्न सकेपनि हाम्रा लागि ठुलो उपलब्धि हुनेछ’ उनले भने । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम थापाले नेपालको पुरानो सामाजिक संस्था मध्येको एक गाउँ सेवा परिवारले विगतमा विकास निर्माणदेखि शिक्षा तथा खेलकुदको क्षेत्रमा गरेको कार्यको उच्च प्रसंसा गर्दै पछिल्ला वर्षहरुमा परिवारले गरेको स्वास्थ्य सम्बन्धि निरन्तर सहयोगका लागि धन्यवाद दिए ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै परिवारका पूर्व अध्यक्ष आत्माराम पाण्डेय र पूर्व महासचिव शिवनाथ पाण्डेयले लामो इतिहास बोकेको संस्था बिचमा केहि समय सुस्ताए पनि पछिल्लो नेतृत्वले गरेका कार्यहरुले सस्थालाई पुनर्जीवित गर्नुका साथै परिवारले उपलब्ध गराएका स्वास्थ्य सामग्रीको वितरण तथा उपयोग न्यायोचित तरिकाले हुनेमा ढुक्क भएको बताएका थिए । गाउँ सेवा परिवारले कालीगण्डकी गाउँपालिकामा गत वर्षहरुमा एम्बुलेन्स, औषधि तथा  स्वास्थ्य सामग्री प्रदान गर्नुको साथै निःशुल्क शिविर पनि सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *