गााउँको विकासमा सवै राजनितिक दल एकै ठाउँमा आउनुपर्छ– अध्यक्ष थापा

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एमाले विरुवा गाउँपालिका कमिटिका अध्यक्ष प्रकाश थापाले गाउँको विकासमा सवै राजनितिक दल एकै ठाउँमा उभिनुपर्ने बताएका छन् । १५ औ विरुवा महोत्सवको शुक्रबार विरुवा गाउँपालिकाको केन्द्र विरुवा बजारमा उदघाटन गर्दै अध्यक्ष थापाले विकासमा सवै राजनितिक दल एकै ठाउँमा उभिन सके मात्र विरुवामा विकास लहर आउने बताए ।
विरुवामा गाउँपालिका विकास गराउनु सवै दलको दायित्व भएको बताउदै उनले जनतामा उत्साह ल्याउन पनि सवै दलले विकासमा हातेमालो गर्नु आवश्यक रहेको औल्याए । एक फरक प्रसंगमा उनले गाउँपालिका भित्रको खेलकुदको गतिविधि सञ्चालन गर्न पर्याप्त मैदान नभएको बताएका थिए । ‘खेलकुदका संरचना निर्माण गरेर आगमी दिनमा खेलकुदलाई अगाडि बढाउन चाहन्छौ’ उनले भने, ‘यसका लागि म योजनाबद्ध ढंगबाट अगाडि बढाउन पहल गर्नेछु ।’ बालकन्या युवा क्लव, समाज कल्याण आमा समुह, विरुवा बजार व्यवास्थापन समिति र उद्योग बाणिज्य विरुवा इकाई समितिको आयोजनामा भैरहेको महोत्सव ४ दिनसम्म चल्नेछ । खेल संयोजक अब्बु मियाका अनुसार भलिवल खेल मेलाको मुख्य आर्कषण रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *