गाेरखाकाे मनकामनामा सुन्तलाको प्रतिमा

Share this post :

Facebook
Twitter
WhatsApp

गोरखाको शहिद लखन गाउँपालिका–२ मनकामनास्थित ढाडबारीमा सुन्तलाको प्रतिमा बनाइएको छ । सुन्तला बढी उत्पादन हुने क्षेत्रलाई संरक्षण गर्ने उदेश्यले सुन्तलाको प्रतिक बनाइएको हो । काउली, लसुन, एभोकाडो, आलुलाई पछ्याउँदै कंक्रिटको सुन्तला बनाइएको उद्योग वाणिज्य संघ गोरखाले जनाएको छ ।

सुन्तलाकाे प्रतिमासँग फाेटाे खिचाउँदै युवती । तस्बिर प्रतिपत्र

मनकामना सुन्तला खेतीका लागि प्रख्यात मानिन्छ । बढी उत्पादन हुने मात्र नभई स्वादिष्ट उत्पादन हुने क्षेत्र मनकामना रहेको हुँदा यसको पहिचान संरक्षणका लागि प्रतिमा बनाइएको संघले दावी गरेको छ । गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र वडाध्यक्ष सकुन थापाले उक्त प्रतिमाको एकै साथ अनावरण गरेका छन् ।

गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाईका अध्यक्ष हरि श्रेष्ठले उक्त प्रतिमा निर्माणका लागि ६ लाख रुपैयाँ खर्चिएको बताए । ढाडबारी बसपार्कको बीचमा हातको पन्जामा सुन्तलाको आकृति बनाएर प्रतिमा राखिएको छ ।
कृषि ज्ञान केन्द्र गोरखाले मनकामना क्षेत्रमा सुन्तला खेतीबाट किसानले सिजनमा ५० हजारदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *