गोरखा जिल्ला अदालतबाट कैद र जरिवाना तोकिई फरार रहेका अभियुक्त पक्राउ परेका छन् । स्याङजाको गल्याङ नगरपालिका-५ पिडीखोलाका ३४ वर्षीय सुमन श्रेष्ठ(सुवाल) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।
उनी चेक अनादार मुद्धामा दुइ वर्ष कैद तोकिइ फरार रहेको थिए । फरार रहेको अभियुक्रहरुलाई पक्राउन गरी फैसला कार्यान्वयन गर्न गठन गरिएको विशेष टोलीले उनलाई बुधबार पक्राउ गरिएको उनले बताए ।
वडा प्रहरी कार्यालय वालिङ स्याङजाको सहयोगमा पक्राउ गरिएको डिएसपी लामिछानेले बताए ।
पक्राउ परेका श्रेष्ठलाई कैद असूल उपरको लागि गोरखा जिल्ला अदालत गोरखामा पठाईएकोमा अदालतको आदेश अनुसार कैद भुक्तानको लागि जिल्ला कारागार गोरखामा पठाएको प्रहरीले जनाएको छ ।
Post Views: 22