गौरी शँकर बहुमुखी क्याम्पसको अध्यक्षमा सन्देश घिमिरे

Share this post :

Facebook
Twitter
WhatsApp

रामेछाप नगरपालिका–८ मा रहेको गोरी शंकर बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा सन्देश घिमिरे निर्वाचित भएका छन् । शनिवार भएको अधिवेशनमा सामाजिक अभियान्ता घिमिरे निर्विरोध निर्वाचित भएका हुन् ।

घिमिरेको कार्यकाल तीन वर्षको रहनेछ । यस्तै, समितिको सदस्यमा लक्ष्मणकुमार घिमिरे, सरोज कटुवाल र कुमारी हायु निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष घिमिरेलेले आफ्नो कार्यकाल पछिल्लो पुस्ताले सम्झन योग्य रहने गरी काम गर्ने बताए ।

उनले आफू एक्लै लागेर गन्तव्यमा पुग्न नसकिने भन्दै सवैको साथ र सहयोगले नै आफ्नो कार्यकाल उत्कृष्ट बनाउने दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *