घरायसी विवादले दाईको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको भीरकोट नगरपालिकामा घरायसी विषयमा भएको सामान्य विवादले ४५ वर्षिय श्यामबहादुर रोकाको मृत्यु भएको छ । भीरकोट–३ रिजुका श्याम र सोही ठाउँका ५० वर्षिय यामबहादुर छिमेकी दाजुभाई हो । बुधबार दिउँसो पिडिँमा गफ गरेर बसेका उनीहरु एक्कासी विवाद हुदाँ यामले श्यामलाई पिडिँवाट आँगनमा धकेलेर खसालिदिएको स्याङ्जा प्रहरीका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार विवाद कुन विषयमा भएको थियो भन्ने जानकारी भएन् । ‘छलफल हुदाँ के विषयमा भएको थियो भनेर बुझ्न अर्को तेस्रो व्यक्ति सहभागी नभएकाले थाहा भएन् । अनुसन्धान हुदैँ छ कारण खुल्दै जाला’ उनले भने । घाइते श्यामलाई उपचारको लागि कालिका सामुदायिक अस्पताल हेलुमा लगिएको थियो । उपचारको क्रममा उनलाई चिकित्सकले मृत्त घोषण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यामलाई सोही दिन पक्राउ गरि वडा प्रहरी कार्यालय वालिङमा राखी विहीवार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनाको विषय ठूलो नभएको बताएको छ । ‘विषय ठूलो हुन्थ्यो भने हातहतियार पनि साथमा हुन्थे भन्ने अनुमान हो’ डीएसपी खनालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *