चक्कु प्रहार गरेर वालिङमा किशोरको हत्या

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको वालिङ नगरपालिका–१३ बायाँटारीस्थित चक्कुले घाँटी रेटेर २० वर्षिय किशोरको हत्या भएको छ । आइतबार राती बायाँटारीस्थित मुक्ति सारुको घरमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउाँपालिका–३ का २० वर्षिय आयुष चौधरीको हत्या गरिएको हो ।
राप्ती घर भई सोही घरमा बस्दै आएका ३५ वर्षिय निमबहादुर घर्तीमगरले आइतबार राती घाँटीमा चक्कु प्रहार गरी हत्या गरेका थिए । निमबहादुरको चक्कु प्रहारबाट घाइते भएका चौधरीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो । उपचारको क्रममा चिकित्सकले चौधरीलाई मृत्त घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । वडा प्रहरी कार्यालय वालिङले निमबहादुरलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार हत्याको कारण भने खुलेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *