चरक अस्पतालमा स्याङ्जा गण्डकी यातायातका सवारीलाई छुट

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जा गण्डकी यातायात प्रालिमा आवद्ध सवारी साधनले भईपरि आउने दुर्घटनाको उपचारमा विशेष छुट पाउने भएका छन् । पोखरामा स्याङ्जा गण्डकी यातायात प्रालि र पोखरा– ८ स्थित चरक मेमोरियल अस्पतालविच भईपरि आउने दुर्घटना तथा उपचार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा चरक मेमोरियल अस्पतालका प्रवन्ध निर्देशक कपिल पोखरेल र प्रालिका कोषाध्यक्ष महेशबहादुर थापाले हस्ताक्षर गरेका हुन् । स्याङ्जा गण्डकी यातायातमा आवद्ध सवारीमा भई परि आउने दुर्घटनाका घाइते भएकाको अस्पतालले औषधोपचारमा विशेष छुट दिने सहमती भएको छ । यस्तै प्रालिमा आवद्ध कर्मचारी तथा उनीहरुका परिवारको दुर्घटना तथा अन्य उपचारमा पनि विशेष छुट सहित उपचार गरिने सम्झौता भएको प्रालिका महासचिव भानुभक्त बरालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *