चापाकोटमा कृषि क्याम्पस बन्ने

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको चापाकोटमा कृषि क्याम्पस सञ्चालन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा चापाकोटमा कृषि तथा बन क्याम्पस सञ्चालनका लागी अन्तरक्रिया कार्यक्रम गरिएको थियाे ।

कार्यक्रममा पूर्व मन्त्री पदमा अर्यालले कृषि तथा वन क्षेत्रको शिक्षा अध्ययन र कमाई सँगै हुने मोडेलबाट सुरु गर्नुपर्ने भन्दै चापाकोटमा क्याम्पस स्थापना गर्नका लागी जग्गा व्यवस्थापन र सम्बन्धनको काम मात्र अहिले सम्म भएको बताइन् । क्याम्पसको भौतिक पूर्वाधार, क्याम्पस सञ्चालनका लागी आवश्यक जनशक्तिका लागी तीन तहाका सरकारलाई परिचालन गर्न भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा प्रदेश शिक्षा मन्त्री मेखलाल श्रेष्ठले चापाकोटमा कृषि क्याम्पस सञ्चालन हुँदा दुई प्रदेशका विद्यार्थीलाई राहत मिल्ने बताए । कार्यक्रममा कृषि तथा वन विज्ञान उपकुलपति पुण्यप्रसाद रेग्मी, प्रदेश संसद मोहन रेग्मी, भागवत प्रकाश मल्ल, नेकपा एमाले जिल्ला अध्यक्ष पारस गैह्रे, नेपाली कांग्रेस क्षेत्रीय सभापति दिलीप खाँण, समाजसेवी डा बुद्धिमान श्रेष्ठ, प्राध्यापक हिमाल लुइँटेल लगाएको उपस्थिति रहेको थियो ।
क्याम्पसको भौतिक पुर्वाधारका लागी आवश्यक १२० रोपनी जग्गा खरिद गरिसकिएको छ भने क्याम्पसले सम्बन्धनको काम समेत सकिएको छ । प्राकृतिक श्रोत व्यवस्थापन कलेज नामको प्रस्ताव गरिएको क्याम्पस सञ्चालन आएपछि लुम्बिनी प्रदेशको पाल्पा, तनहुँ र स्याङ्जाका विद्यार्थीहरुले अध्ययन गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *