चापाकोट नगरपालिकामा काँग्रेसका उम्मेदवार विजयी

Share this post :

Facebook
Twitter
WhatsApp

यहाँको चापाकोट नगरपालिकामा नेपाली कांग्रेसका देवबहादुर खाँण (इश्वर) विजयी भएका छन् । नेकपा एमालेका प्रतिस्पर्धी राजु कोइरालालाई ९ सय ३५ मतले पछाडि पार्दै खाँण विजयी भएको निर्वाचन सचिवालयले जनाएको छ । खाँणले ७ हजार ४ सय ९० मत ल्याउदा एमालेका कोइरालाले ६ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् । यस्तै, उपप्रमुखमा कांग्रेशकै इशा राना विजयी भएकी छन् ।
प्रमुख प्रतिपक्षी एमालेका सृष्टि मल्ललाई १ हजार १३ मतले पछाडि पार्दै विजयी भएकी रानाले ७ हजार ४ सय १३ मत ल्याउदा मल्लले ६ हजार ३ सय ७६ मत प्राप्त गरिन् । यसैगरी चापाकोट नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्ष पदमा एमालेका भुपराज वस्ती विजयी भएका छन् । त्यस्तै, २ नम्बर वडामा एमालेकै टीकाराम श्रेष्ठ, ३ मा कांग्रेसका जुटबहादुर राना, ४ मा कांग्रेसका अर्जुन खाँण, ५ मा कांग्रेसका बलनारायण श्रेष्ठ, ६ मा कांग्रेसका तारा पोखरेल, ७ मा एमालेका मोहन केसी, ८ मा कांग्रेसका तोपलाल न्यौपाने, ९ मा एमालेका कृष्ण सुवेदी र १० मा एमालेकै रामु कोइराला विजयी भएको निर्वाचन सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *