चार दिनभित्र सरकार गठन गर्न प्रदेश प्रमुखद्धारा आह्रवान

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशमा चार दिनभित्र सरकार गठनका लागि प्रदेश प्रमुखले आह्रवान गरेका छन् । विहीवार प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्ले पुस २५ गते दिउँसो ४ बजेभित्र मुख्यमन्त्रीको दावी पेश गर्न आह्रवान गरेका छन् । संविधानको धारा १६८ को उपधारा १ बमोजिम गण्डकी प्रदेशमा सरकार गठनका लागि कुनै पनि दलको बहुमत पुग्दैन । सोही धाराको उपधारा २ बमोजिम सरकार गठनका लागि प्रेस विज्ञप्तीमार्फत आह्रवान गरिएको हो । गण्डकीमा कसको नेतृत्वमा सरकार बन्ने अझैसम्म टुंगो लागेको छैन् । ६० सदस्यीय गण्डकी प्रदेशमा सरकार गठनका लागि ३१ सदस्य चाहिन्छ । हाल भएको गठबन्धन अनुसार एमाले र माओवादीले आ–आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दावी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *