चितवन-२ मा उपनिर्वाचन हुने

Share this post :

Facebook
Twitter
WhatsApp

चितवन निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेकाे सांसद पद खारेज भएपछि चितवन-२ मा उपनिर्वाचन हुने भएकाे छ । आयाेगका पदाधिकारीका अनुसार सरकारसँग छलफल गरेर कानुनबमाेजिम उपनिर्वाचन गर्ने तयारीमा छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने कुनै पनि सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै पनि कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पदका लागि उपनिर्वाचन हुने व्यवस्था छ । आयोगले ऐनको त्यही व्यवस्थाबमोजिम उपनिर्वाचन गर्ने जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *