चीनद्धारा नेपाललाई २० लाख सिरिञ्ज हस्तान्तरण

Share this post :

Facebook
Twitter
WhatsApp

चीन सरकारले नेपाल सरकारलाई २० लाख सिरिन्ज हस्तान्तरण गरेको छ । कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको हो ।
शनिबार उक्त परिमाणको सिरिञ्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ । शनिबार हस्तान्तरित सिरिञ्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई सहयोग गर्न चीन सरकार सदैब तत्पर रहेको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *