जसपाका संघिय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राजनीतिक शक्ति र परिचर्चाको केन्द्रका पात्र हुन् । जनचोर्माबाट राजनीतिक यात्रा शुरु गरेका भट्टराई माओवादी, नयाँ शक्ति, संघीय समाजवादी हुँदै अहिले जसपामा रहेर राजनीति गरिरहेका छन् ।
कुनै समय थियो, उनलाई नेपाली राजनीतिका दुरदर्शी, पढेका, बुझेका नेता मान्नेहरुको जमात बाक्लै थियो । तर, पछिल्लोसमय माओवादीबाट अलगिएर छोटो समयमा नै दलवदल गरिरहेपछि धेरैले लख काट्छन्, ‘भट्टराईको राजनीतिक भविष्य संकटमा प¥यो । उनले अस्थिर राजनिती गरे ।’ तर, भट्टराई भने आम नागरिकको बुझाई जस्तो दलवदल नभई आफुुले बिकास, सुशासन, समृद्धिका निम्ती खुड्किलोहरु पार गर्दै गईरहेको तर्क गरेका छन् ।
प्रस्तुत छ– दलवदल, सत्ता सञ्चालन, एमसीसी, चुनाबी गठबन्धन लगायतका विषयमा प्रतिपत्र अनलाइनसंग पुर्वप्रधानमन्त्री भट्टराईले गरेको विशेष कुराकानीको सम्पादित अंशः
जनमोर्चा, माओवादी, नयाँ शक्ति, संघीय समाजवादी हुँदै अहिले जसपामा हुनुुहुन्छ । यति धेरै दलवदलका पछाडी कारण के छन् ?
दल बदल होइन्, यो एउटै अभियानका रुप हुन् । जनमोर्चा र माओवादी भनेको त एउटै हो । माओवादी भूमिगत जनयुद्धको सशस्त्र तयारीका क्रममा थियो । त्यस क्रममा खुल्ला गविविधि गर्ने मोर्चा सयुक्त जनमोर्चा थियो । त्यसयता नयाँ शक्ति, समाजवादी र जनता समाजवादी भनेको नयाँ शक्ति अर्थात वैकल्पिक शक्ति निर्माण अभियान कै विभिन्न खुडकिला हुन् । नयाँ शक्ति एउटा अवधारण थियो, पछि त्यसविचारसँग मिल्ने शक्तिहरुलाई गोलबन्द गर्दै अगाडि जाने क्रममा थोरै फेरबल गरिएको हो ।
तर, हाम्रो जुन लक्ष्य थियो । संघियता, शुसाशन, समृद्धि समाजवाद भन्ने हाम्रो नारा तपाइहरुले देख्न सक्नुहुन्छ । यो भनेको नेपालमा कांग्रेस र कम्युनिष्टको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने अभियान हो । त्यसैले दलबदल होइन एउटा जनयुद्धको चरणमा राजतन्त्र अन्त्य गर्ने र संघिय गणतन्त्र ल्याउने लोकतान्त्रिक क्रान्तिको निम्ति योगदान गर्ने चरणसम्म हाम्रो माओवादी र लोकतान्त्रिक गणतन्त्र मार्पmत चाँही लोकतान्त्रिको एउटा चरण पुरा गरिसकेपछि एउटा विकास, शुसाशन र समृद्धि जुन मुख्य एजेण्डा बने त्यसका निम्ति यो चाँही दोस्रो चरण हो । यसलाई यसरी बुझ्दा उपयक्त हुन्छ ।
तर, तपाईँले नेतृत्व गर्नुभएको जसपा पनि अन्तत फुुट्यो । तपाईँ जुन पार्टीमा त्यही पार्टी विभाजन भईहाल्ने अबस्था देखियो । यो संयोग मात्रै हो ? कि यसका पछाडी कारणहरु पनि छन् ?
त्यो फुटेकै होइन्, विकास निर्माण क्रममा बोटविरुवामा पनि हुर्कने क्रममा ब्रोक्राहरु झर्दै अगाढि बढ्दै जान्छ । बच्चा हुर्कर्ने क्रममा दाँत झर्दै पलाउँदै जान्छ । त्यो फुटेको, सिद्धिएको, झरेको भन्ने होइन विकास एउटा नियम हो ।
त्यसले समाज विकासको क्रममा दलहरु भनेको समाजका विधमान वर्ग, समुदायका प्रतिनिधि हुन् । त्यहा चाँही बिभिन्न टक्राउने क्रममा विजातीय शक्तिहरु अर्थात् प्रतिगमन सोच राख्ने शक्ति हुन्छन् ति चाँही एक्लिन्छन् र अग्रगामी शक्तिहरु अगाडि बढ्छन् । त्यसैले यो टुक्रिएको, फुटको भन्ने हैन, पार्टी सुदुढीकरण सबलीकरणको एउटा प्रकृया हो ।
तर, जसपा विभाजनमा त सिद्धान्त भन्दा पदको लडाईँ मुख्य कारण रह्यो भन्छन् नि ?
त्यो गलत कुरा हो, हामी विचारमा दृढ छौँ । त्यसको वरिपरि छौँ । एकाध मान्छे आउनेजाने कुरालाई पार्टी फुट भनेर लिनु हुँदैन् ।
तपाईँ १० बर्ष जनयुद्धमा होमिनुभयो, अहिले विगतमा क्षेत्रिय राजनीति गरेका भनिएका दलसँग सहकार्यमा हुनुहुन्छ । जनयद्धका तपाईँका एजेण्डा अब यस्ता पार्टीले बोक्ने बेला भएर हो कि ? तपाईँले आफुलाई करेक्सन गर्नुभएको ?
होइन जनयुद्धको एजेण्टा त सामन्ती राजतन्त्रको अन्य गरेर देशमा जनताले संविधान आफैले बनाउने र पुँजीबादी लोकतन्त्रलाई संस्थागत गरेर समाजवादको बाटो निर्माण गर्ने चरणमा थियो । त्यो लक्ष्य हामीले पुरा गरिसक्यौँ । अव समाजवाद निर्माण पुरा गर्ने अर्को जिम्मेवारी आएको छ । त्यो भनेको आर्थिक विकास र समृद्धिको आधार तयार परे मात्र समाजवाद आउँछ । त्यसैले यो दोस्रो चरणको चाँही दोस्रो हाम्रो अभियान र पार्टी निर्माण हो ।
यतिबेला तपाईँहरुको सत्तापक्षीय गठबन्धन छ । दुई महिना बित्यो सरकारले पूर्णता पाउन सकेको छैन्, यस्तो पाराले जनताको काम कहिले गर्ने ?
यो सरकार त जनताको अभिमतको अपमान गर्दै त्यति बेलाको एमाले माओवादीबाट बनेको नेकपा ओली नेतृत्वको क्रममा उनीहरुले जुन खालको प्रतिगमाकारी, गैरजिम्मेवार हर्कत गरे त्यसको प्रतिरोध गर्ने क्रममा परास्त गरेको यो प्रकारको अन्तरिम चुनावी सरकार हो । त्यसैले यसबाट धेरै अपेक्षा गर्ने कुरा होइन् । तर, यसलाई छिट्टै पुर्णता दिएर जान्छौँ ।
मन्त्रीमण्डल बिस्तारमै अलमल भईरहने हो भने संसद पुुुर्नस्थापनाको औचित्य पुष्टि होला र ?
औचित्य पुष्टि होइन्, त्यो त पुर्नस्थापना नभएको भए त ब्यवस्था नै डिलेट हुथ्यो । यो चुनाव नै हुनेवाला थिएन । कम्तीमा यो सरकारले चाँही चुनाव गराउँछ त्यो चाँही वैधानिक चुनाव हुन्छ र व्यवस्थाको रक्षा हुन्छ । त्यस अर्थमा पुरानो ओलीको प्रतिगमनकारी हर्कत र यसको तुलना गर्न मिल्दैन ।
यतिबेला देशमा एमसीसीको विवाद छ । एमसीसीको बिषयमा जसपा र तपाईँको धारणा के हो ?
एमसीसी एउटा अमेरिकी सहयोगमा प्राप्त अनुदानबाट संचालित हुने विकास योजना हो । त्यसबाट अमेरिकाले हाम्रो जस्ता गरिब देशहरुको पूर्वाधार बिकासमा केही योगदान गर्नुपर्दछ भन्ने सोच अन्र्तगत अगाडि सारेको एमसीसी योजना हो । त्यसमा हामीलाई पनि औद्योगिक अर्थतन्त्रको विकास गर्न, विद्युत प्रसारणको लागि विद्युत आयात निर्यात गर्नका लागि प्रसारण लाइनको आवश्यकता थियो र सँगसँगै सडकहरु रणनीतिक सडकहरुको चाँही स्तरोन्नती गर्नुथियो । त्यसैले यि दुई वटामा केन्द्रित भएर करिब ६० अर्ब बराबरको जुन अनुदान सहयोग छ ।
त्यो प्राप्त हुनु नेपालकै हितको कुरा थियो । तर, त्यो निर्माण गर्ने क्रममा केही प्रक्रियागत त्रृटिहरु भए जस्तै, हाम्रो संविधान अनुसार यसलाई अनुमोदन गर्ने आवश्यकता नै थिएन । अनुमोदन गर्ने प्रावधान राखियो । त्यसबाट चाँही एउटा विवाद सुरु भयो । त्यसलाइ एउटा वार्ता संवादबाट हल गरेर यो अनुदान सहयोग ग्रहण गरेर जानु नै राष्ट्रिय हित हुन्छ । यसको निम्ति दलहरु बीचमा सहमति बन्नुपर्छ भन्ने हाम्रो धारणा हो ।
तर, अहिले सत्ता गठबन्धन दलका प्रचण्डले एमसीसी पास गर्न हुँदैन भनेर अभिव्यक्ति दिईराख्नु भएको छ । त्यसैले एमसीसीकै कारण गठबन्धन तोडिने सम्भावना पनि छ भन्छन् नि ?
होइन गठबन्धन त फुटदैन । तर, यस्तो विषयमा राष्ट्रिय महत्वको विषयमा दलहरुले सत्तामा छँदा एउटा कुरा र सत्ता बाहिर हुँदा अर्को कुरा बोल्नु बडो लज्जास्पद कुरा हो । नेपालका राजनीतिक दल र नेताहरुको यस्तै दोधारो चरित्रले गर्दा नै देश धेरै पछाडि परेको छ । त्यसो गर्नु उपयुक्त छैन् । राष्ट्रिय हितमा हामी सबैले एउटै निती लिएर एमसीसी सहमतिले नै पारित गरेर अनुमोदन गर्नु उपयुक्त हुन्छ ।
अलिकति प्रसंग बदलौँ । तपाईँले लामोसमय संघर्ष गरेको माओवादीलाई प्रचण्डले पटकपटक विद्यटन गर्दिएँ भन्नुहुन्छ, के कारण रहेछ ?
माओवादी आन्दोलन त सामन्ती, निरकुंशवादी राजतन्त्रको अन्त्य गरेर नेपालमा एउटा मौलिक ढंगले पुँजीवादी क्रान्ति सम्पन्न गर्नका निम्ति निर्माण गरिएको पार्टी र प्रयोग गरिएको एउटा निती कार्यक्रम थियो । अव त्यो संघिय लोकतान्त्रिक, गणतन्त्रको ंसंविधान जारी भइसकेकोपछि त्यो कार्यभार पुरा भयो । त्यसैले हामीले त्यो भन्दा अगाडि बढेर वैकल्पिक शक्ति निर्माण तिर जानुपथ्र्याे । त्यसमा प्रचण्ड जी पुरानै ठाउँ टाँसिएर बस्नुभयो ।
पुरानै सोच र संगठनले काम नगरेपछि उहाँ बेलाबखतमा यसलाई विखण्ड गर्नुप¥यो भन्नु भएको छ । त्यो औचित्य सिद्धिसक्यो तर हामीले पहिल्यै भनेकै हो । त्यसलाई मानेर उहाँ एउटा समाजवादी नयाँ धुव्रीकरणतर्फ जानु नै उपयुक्त हुन्छ ।
प्रचण्डले त बेलाबखतमा बाबुुराम माओवादीमा नै फर्कन्छन् भन्नुहुन्छ नि ? जानुहुन्छ ?
हाम्रो एउटा उखान छ नि, ‘कसैले मोटो गाई मरोस् भन्दैमा मर्दैन’ । उखानले भने जस्तै उहाँले त्यो भन्दैमा केही पनि हुनेवाला छैन । तर, हामी अगाडी बढ्न चाहान्छौँ । उहाँ जस्तो पछाडि फर्कने, फर्काउने प्रयत्न हामी समावेश हुन सक्दैनौँ । त्यो उहाँको गलत बुझाई हो ।
अब चुनाब नजिकिँदै छ । चुुनाबसम्म नै यही सत्ता गठबन्धन मिलेर जानुहुन्छ ?
आगामी निर्वाचनसम्म नै गठबन्धन जान्छ कि जाँदैन भन्न सकिँदैन । हामी चाँही निर्वाचन गर्ने बेलासम्म चाँही यो गठबन्धन रहन उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता छ । तर, बहुदलीय लोकतन्त्रमा दलहरु, गठबन्धहरु फरक फरक बन्न सक्छन् । त्यसैले के हुन्छ अहिल्यै भन्न सकिँदैन । तर, हामी चाहि चाहान्छौँ एउटा बलियो समाजवादी केन्द्र निर्माण होस् त्यसले चाँही कम्युनिष्ट र काँग्रेसको भरपर्दो अग्रगामी विकल्प दियोस् भन्ने हाम्रो चाहान र प्रयत्न छ । अव के हुन्छ त्यो त भविष्यले नै देखाउला ।
मलाई याद छ, तपाईँले एकपटक गोरखा आएर भन्नु भएको थियो, ‘बुढिगण्डकी जलविद्ययुत आयोजनामा ९ अर्ब घोटला भएको छ । मसँग प्रमाण छ, आवश्यक परे सार्वजनिक गर्छु ।’ तर, अहिलेसम्म गुपचुपमै राख्नुभएको छ किन ?
बढीगण्डकी परियोजना मेरै पालामा सुरु गरिएको राष्ट्रिय गौरवको परियोजना हो । त्यसलाई अगाडी बढाउनु पर्थाे । कमिसनखोरहरुको चलखेर र अन्य राजनीति दलका नेताहरु त्यसबाट अनावश्यक प्रभावित रहेर यो ढिला हुन पुग्यो भन्ने मेरो एउटा धाराण हो । अहिलेसम्म पनि त्यो अगाढि नबढ्नु चाँही आन्तरिक चलखेलकै मुख्य कारण हो, यो देशको हितमा छैन् । यो छिटै अन्त्य हुनुपर्छ । बुढीगण्डकी परियोजना छिटो बन्नु पर्दछ भने म ठान्दछु ।
तर, भ्रष्ट्रचारको प्रमाण छ भनेर किन सार्वजनिक नगर्नु भएको ? सार्वजनिक गर्न किन डराउनु भएको ?
त्यसको छानविन हुँदा आवश्यक पर्दा यस्तो प्रमाणहरु दिने हो । मैले जे भनेको छु त्यसमा म अहिले पनि दृढ छु । छानविन हुने प्रकृया अगाढि बढेपछि त्यति बेलामा मैले आफ्नो कुरा भन्ने छु ।
पछिल्लोबजेट हेर्दा तपाईँको गृह जिल्ला गोरखामा बजेट अत्यन्तै न्यून छ । तपाईँले पहल नगर्नु भएको कि ? पहल गरेपनि नटेरेका हुन् ?
मेरो पहललाई प्रतिसोध लिने ढंगले पछिल्लो सरकारले जुन काम गरे खासगरी केपी ओली सरकारले गर्याे । त्यसकारणले गोरखामा भएका बजेटहरु पनि कटौटी भए कुनैपनि नयाँ परियोजनाहरु सुरु भएनन् । खासगरी मेरो पालामा सुरु गरिएका रणनीतिक महत्वका जुन पूर्वाधारहरु थिए । त्यसलाई चाँही पुरै काट्ने र बजेट विनियोजना गर्ने काम भयो । यो गलत थियो । त्यसमा हमेसा निन्दा गर्दै आएकोे छु ।
गोरखाका जनताले पनि अरु सरह नै कर तिर्दै आएका छन् । त्यसको हिस्सा गोरखाली जनताले पाउनु पर्छ । यहाँका विकास परियोनजा बजेट कट्टी गर्न पाइँदैन र अगाढि बढाउनुपर्छ भन्ने मेरो दृढ अडान छ ।
तर, पछिल्लो समय नेपाली राजनितीक दल र नेताहरुलाई ब्यङ्ग गर्दै आम नागरिकहरुले ‘जुन जोगी आएनी कानै चिरेको’ भन्छन् । मतलब जुन दल अथवा जो व्यक्ति नेतृत्वमा आएपनि जनताले परिवर्तनको आभाष गर्न पाएनौँ भन्छन् नि ?
त्यो सत्य होइन् । हामीले संरचनात्मक कुरा हेर्नुपर्दछ । हामीले छोटो समयमै अवधिमा पनि जनताले सम्झन लायकका कामहरु गरेका छाँै । म अर्थमन्त्री छँदा, प्रधानमन्त्री छँदा गरेको कामहरु अहिले पनि जनताले प्रशंसा गछनर्् । त्यसैले जुन जोगी आए पनि कानै चिरेको भन्ने होईन् । कुनै जोगीको कान चिरेको हुन्छ, कुनै जोगीको कान नचिरेको पनि हुन्छ । सबैलाई एउटै भन्नु हुँदैन् ।