पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित हङकङ बजारको विवादले झन उग्ररुप लिएको छ । बजारको ठेक्का लिएको कम्पनी र व्यवसायीबीच विवाद हुँदा अझै उग्ररुप लिएको हो ।
डेढ महिनादेखी हङकङ बजारका व्यवसायी आन्दोलनरत छन् । यस बजारको ठेक्का गुडलक कम्पनी प्रालिले लिएको छ । कृषि सामाग्री कम्पनीको नाममा रहेको जग्गामा संचालित हङकङ बजारमा भाडादर महङगो भयो भनेर व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । प्रति सटरको भाडा ६ हजार राखिएको थियो । यसपटक एकैपटक भाडादर बृद्धि गरेर प्रति सटरको १३ हजार पु¥याइएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक मिलनप्रसाद तिवारीले समायानुकुल भाडादर बृद्धि गरिएको बताए । आइतबार संचारकर्मीसंग भेटघाट गर्दै तिवारीले सुरुमा ९ सय रुपैयाँ कायम गरिएको भाडा अहिले त्यहि अवस्थामा दिन्छु भन्न नसकिने बताए । समय सान्दर्भिक भाडा बढाइएको स्वीकार गरेका छन् । कृषि सामाग्री कम्पनीसंग गुडलकले गरेको सम्झौता अनुसार नै बढाइएको उनले बताएका छन् ।
उनले व्यवसायी पनि पसल दर्ता गरी करको दायरामा आउन आवश्यक रहेको बताए । यता, व्यावसायी भने भाडादर बृद्धि भन्दा पनि भाडा कृषि कम्पनीलाई नै बुझाउन पाउनुपर्ने माग गरेका छन् । बीचमा ठेकेदारलाई कमीशन दिनुभन्दा सम्बन्धित कम्पनीलाई नै भाडा बुझाउने माग राख्दै धर्ना बसेका व्यवसायीले गुडलक कम्पनीलाई हङकङ बजार प्रवेशमा समेत रोक लगाएको छ । यता, कम्पनीले सम्झौताअनुसार प्रक्रिया पुयाएर गएको हुँदा व्यवसाय संचालनका लागि व्यवसायीसंग खुला वार्ता गर्न आह्रवान गरेको छ ।
गुडलक कम्पनीले सार्वजानिक गरेको विज्ञप्ती जस्ताको तस्तै :
कृषि सामाग्री कलि प्रदेशिक कार्यलय पोखराको कार्यलय परिसर पछाडीको खाली जमिनमा ’हङकङ बजार’ नामको बजार सञ्चालनमा रहेको छ। कम्पनीसंगको जग्गा भाडा सम्झौता समाप्त नै मिति २०७२/१२/२१ गते नेपाल सरकार अन्तरगतको राष्ट्रिय दैनिक पत्रिका “गोरखापत्रमा“ ३१ दिने सार्वजनीक सूचनाका माध्यमबाट शिलवन्दी बोलपत्र आव्हान भएको थियो ।
उपरोक्त सूचनाको माध्यमबाट नेपाल अधिराज्य भरका विभिन्न व्यक्तिहरु एवं कम्पनीहरुबाट बोलपत्रहरु पेश भएका थिए। हाम्रो गुडलक कम्पनी प्रा. लि. ले पनि त्यस बोलपत्रमा सहभागीता जनाएको थियो । नेपाल सरकारको खरिद ऐन, सुचनाको मर्म र प्रकृयाका आधारमा हाम्रो कम्पती तेथो चरणमा सम्झौता गर्न छनौट भै कम्पनीको नियम अनुसार सम्झौता गर्न आउनु भनि मिति २०६०/०३/३१ मा १५ दिनको समयावधी प्रदान भएको पत्र प्राप्त भएको हुँदा सोही पत्रको आधारमा कृषि सामाग्री कम्पनीले सार्वजनीक गरेका सतहरु समेत मज्जुर गरी मिति २०६०/०४/११ गते यही मिति २०८०/०४/१२ वाटै नयाँ भाडादर लागु हुने सतं अधिन र बन्देजमा रही कम्पनीको केन्द्रिय कार्यलयमा सटर कवलहरु भाडामा लिने दिने सम्झौता सम्पन्न भएको छ ।
हामीले माथि उल्लेखीत समय सिमाभित्र नियम पूर्वको ठेक्का सम्झौता नगरेको भए हामीले बोलपत्र पेश गर्दा राखेको धरौटी रकम जफत हुने थियो । उक्त रकम जफत मात्रै हुने थिएन हामीले सुचना अनुसारको सर्त पालना नगरेको भनि हामीलाई सरकारी तवरमा Black List मा राख्ने अवस्था आउने थियो । स्मरणरहोस एउटा व्यवसायिक कम्पनीलाई राज्यले कालो सुचीमा राख्दा के अवस्था हुन सक्छ यो आफैमा गम्भीर विषय हो ।
नेपाल सरकारको नियम कानुन र परिधीभित्र रही राज्य प्रद्धप्त सुविधाका आधारमा प्रत्येक नागरीलाई व्यवसायीक स्वतन्त्रता रहेको हुन्छ । नियम कानून मिच्ने, नियम कानुनलाई प्रभाव पार्ने कुनै पनि हकत कानुनी राज्यका वर्खिलापका विषयहरु हुन् । कानुनी राज्यको नियम र मर्मको पालना गर्नु प्रत्येक नागरीकको कर्तव्य र दायीत्व ठहन्छ । एउटा कुनै पनि जिम्मेदार नागरीक कानुनी राज्यको मर्मबाट विचलित हुनु हुदैन यो सर्वव्यापी मान्यता हो । एउटा जिम्मेदार नागरीक र व्यवसायीक कम्पनी राज्य प्रद्धप्त अधिकारबाट कसरी वञ्चित हुन सक्छ ? यो आफैमा गंभिर प्रश्न कहलिएको छ ।
पोखरा हङकङ बजार सञ्चालनमा रहेको केही जमीन कृषि सामाग्री कम्पनीको हो। त्यहां व्यापार गरी बस्ने व्यापार त्यहाँका व्यापारीहरुको हो, त्यस्तै ज्यलन प्यलन द्यबशबच हाम्रो ब्राण्ड हो । हाम्रो द्यचबलम लाई सुरक्षित राख्नु राज्य प्रद्धप्त अधिकार उपयोग गर्न पाउनु हाम्रो अधिकार हो । व्यवसायीक प्रतिस्पदा र स्वतन्त्रता, नागरीकको अधिकार र कानुनको पालना गर्नु हामी सबैको कर्तव्य र दायीत्व हो । अतः कानून र विधी संगत हाम्रो व्यवसायीक स्वतन्त्रता माथी प्रतिकुलता श्रृजना नगर्नु हुन र कानूनी राज्यको पालना र सम्मानका लागी सबै सरोकारवालासँग विनम्रता पूर्वक सार्वजनीक आसन गर्दछौं ।
मिलनप्रसाद तिवारी
प्रवन्ध निर्देशक
गुडलक कम्पनी प्रालि