जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चाेरीकाे सुनसहित एक जना महिलालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा पर्वतकाे मोदी गाउँपालिका-३ बस्ने २४ वर्षिया कुसुम विसी रहेकि छन् । उनकाे साथबाट आधी तोला बराबरको बेरुवा औठी एउटा र १ तोला बराबरको करुवा लकेटसहितको एउटा सिख्री बरामद गरिएकाे जिल्ला प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।
गत जेठ २ गते वालिङ नगरपालिका-६ एक्ले पिपलकि एक महिलालाई सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाई उनकाे घरमा गई मिठो बोलिबचन, राम्रो ब्यबहार देखाई घरको काेठामा राखिएकाे दराजका सुनका गरगहना चोरी गरी पोखरास्थित ज्वेलर्समा लगि विक्रि गरेकी थिईन् । अभियुक्तलाई पक्राउ गरी विहीवार जिल्ला अदालतबाट म्याद थप गरी वडा प्रहरी कार्यालय वालिङ राखिएकाे प्रहरीले जनाएकाे छ ।
विसीले केही बर्ष अगाडीदेखी सामाजिक संजाल टिकटकमार्फत सुनका गरगहना लगायका अपरिचित मानिसलाई साथी बनाई उनीहरुको टिकटक भिडियाेमा लाईक तथा कमेन्ट गरी टिकटकमार्फत नै कुराकानी गर्ने र उनीहरूको घरमा गई बस्ने टिकटक बनाउने र गरगहना लुट्ने गरेका अन्य घटना पनि रहेकाे प्रहरीले जनाएकाे छ ।