चौतर्फी आलोचनापछि प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाउन मुख्यमन्त्रीको निर्देशन

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र नेताका बुबाआमाका स्मृतिमा स्थापित कोषलाई छुट्याइएको बजेट चौतर्फी आलोचनापछि फिर्ता हुने भएको छ । स्मृति कोष, पार्कलगायतमा छुट्याइएको बजेट ‘‘आम नागरिकको भावनालाई कदर गर्दै’ प्रदेशको प्राथमिकता क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको जनाइएको छ ।
आर्थिक आर्थिक वर्षको बजेटमा मुख्यमन्त्री पोखरेलका बुबा गोवर्द्धन शर्माको स्मृतिमा तनहुँको व्यास नगरपालिका–१० मा स्थापित कोषलाई ५० लाख, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका बुबाआमाका नाममा खोलिएको पुननारायण–धनकुमारी श्रेष्ठ परोपकारी कोषमा ५० लाख, सोही कोषको भवन निर्माणका लागि भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट कार्यान्वयन गर्ने गरी थप ५० लाख रुपैयाँ विनियोजन गरेका थिए ।
प्रदेश सरकारले कुश्मा नगरपालिकामा कांग्रेस नेता अर्जुन जोशीका पिता अमृत जोशीको स्मृति पार्कका लागि २० लाख, कुश्मा नगरपालिकाकै पूर्वउपप्रमुख सीता काफ्ले लामिछानेका दिवंगत पति डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानको भवन निर्माणका लागि २० लाख, सामाजिक विकास मन्त्रालयबाट कार्यान्वयन हुने गरी म्याग्दीको बेनी नगरपालिका–७ स्थित सहिद मदन केसी स्मृति भवन निर्माण गर्न १२ लाख रुपैयाँ छुट्याएको छ । सांसद विनोद केसीले सहोदर दाइका नाममा उक्त बजेट विनियोजन गराएका हुन् ।
बागलुङकी सांसद पियारी थापाले काठेखोला गाउँपालिका–४ मा रहेको जिमाक सांस्कृतिक संग्रहालयका लागि ६० लाख रुपैयाँ छुट्याएकी छन् । उक्त संग्रहालय गाउँमैत्री अक्षय कोषले बनाउँदै गरेको हो । प्रदेश सरकारले कांग्रेसका संस्थापक बीपी कोइरालाका नाममा गण्डकी प्रदेशका १२ ठाउँमा पार्क र भवन बनाउन १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कास्कीको सिकलेसमा शान्ति स्मारक पार्क बनाउन १ करोड, पोखरा–२८ मा थमन स्मृति पार्क बनाउन १० लाख, माछापुच्छ्रे गाउँपालिकामा हरिबहादुर स्मृति पार्क बनाउन १० लाख छुट्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *