छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

छोरीलाई बलात्कार गरेको आरोपमा बागलुङमा बाबु पक्राउ परेका छन् । काठेखोला गाउँपालिकाका ३३ वर्षीय बाबुले १५ वर्षीया छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । प्रहरीका अनुसार ती बालिका गत असोज ६ गते बलात्कारमा परेकी थिइन् । बाबु नभएको मौका पारेर माघ ६ मा प्रहरीमा उजुरी गरेकी थिइन् । उजुरीपछि प्रहरीले ती व्यक्तिलाई बुटवलबाट पक्राउ गरेको हो । आइतबार उनलाई प्रहरीले पक्राउ गरेर बागलुङ ल्याएको छ । प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जबर्जस्ती करणी तथा हाडनाता करणी मुद्दा दर्ता गरेको बताए । अहिले बालिका आमासँगै बसेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *