जनगणनाको कामलाई सफल बनाउनको लागी सभामुखको आग्रह

Share this post :

Facebook
Twitter
WhatsApp

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति हुनेगरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । सभामुख सापकोटाले जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि धेरै महत्वपूर्ण विषय भएको र त्यसलाई राष्ट्रिय आवश्यक्ता परिपूर्ति गरी सफलतापूर्वक सम्पन्न गराउन सबैले आ–आफ्नो ठाउँबाट संकल्प गर्नुपर्ने ।
आज केन्द्रिय तथ्याङ्क विभागका पदाधिकारीसँग आफ्नो र परिवारको विवरण संकलन गराउँदै उनले सही तथ्याङ्क संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न पनि सबै गणकहरुलाई अनुरोध गरे । सभामुख सापकोटाले जनगणनाको कामलाई सफल बनाउने आफूले आफ्ना ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत कात्तिक २५ गतेदेखि सुरु गर्नुभएको ‘राष्ट्रिय जनगणना २०७८’ मंसिर ९ गते सम्पन्न हुनेछ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक परिचालन गरिएको छ । सभामुख सापकोटाले त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन गणकहरुको परिचालनमा उचित ध्यान दिन पनि केन्द्रिय तथ्याङ्क विभागका पदाधिकारीहरूलाई बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *