जनप्रतिनिधिलाई सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धि अभिमुखीकरण

Share this post :

Facebook
Twitter
WhatsApp

गत वैशाख ३० मा निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धि अभिमूखीकरण तालिमको आयोजना गरिएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा दुई दिने गोष्ठि आयोजना गरिएको हो ।
गोष्ठिमा शुक्रबार गण्डकी प्रदेशका ८५ वटै पालिका प्रमुख, उपप्रमुख पोखरामा सहभागी छन् । शुक्रबार विहान पोखरा–१७ जलमहल होटलमा उद्घाटन सत्र सम्पन्न गरिएको थियो । त्यसपछि जिल्ला जिल्लाका प्रतिनिधिलाई छुट्टाछुट्टै होटलमा फरकफरक कक्षा संचालन गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले स्थानीय सरकार संचालनको लागि सजिला कानुन निर्माण गर्न आवश्यक रहेको बताएका छन् । ‘कानुनका प्रकृया अप्ठ्यारा हुने भएकाले कानुन बन्छन तर, कार्यान्वयनमा सजिलो हुदैन’ उनले भने, ‘हामीस“ग कानुन बनेर कार्यान्वयन गर्न नसकेका उदाहरण प्रशस्त छन् । स्थानीय तहमा यो समस्या नहोस । जनतास“ग प्रत्यक्ष जोडिने सरकार संचालनमा पनि सजिलो हुनुपर्छ ।’
नेपालीले तीनै सरकारको समन्वय आवश्यक रहेको बताउदै अन्तर पालिकाको समन्वय पनि जरुरी रहेको बताए । ‘हाम्रा सपना पुरा गर्ने पनि स्थानीय सरकारले हो’ उनले भने, ‘आफ्ना सपना त छदैछन । पालिकामा परेको समस्या हाम्रा साझा समस्या हुन् ।’ उनले स्थानीय तहको समन्वय र सहयोग विना प्रदेश र संघका कार्यक्रम सफल बनाउन नसकिने बताएका थिए ।
पोखरा महानगरका मेयर धनराज आचार्यले ५ वर्ष जनप्रतिनिधिको लागि लामोसमय रहेको बताउदै गोष्ठीबाट स्थानीय सरकार संचालन सम्बन्धी र कार्यसम्पादनमा सहजीकरण हुने बताए । ‘कानुनमा थाहा छैन भन्ने कुरा मान्य हुदैन’ उनले भने, ‘नीति नियम, कार्य सम्पादन, कानुन निर्माण लगायतमा धेरै कुरा सिकिनेछ । पुनः दोहोरिएका जनप्रतिनिधिले ५ वर्षे सिकाई आदानप्रदान गर्नुहुनेछ ।’ गण्डकी प्रदेशका मुख्य न्याधिवक्ता रोहितराज बास्तोलाले काम, कर्तव्य र अधिकार संविधानले नै तोकिदिएको बताउदै आफ्ना क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्ने बताए । उनले सरकारलाई आवश्यकता अनुसार कानुन निर्माण गर्ने, साझा अधिकारका सूचि निर्माणमा पनि तीन सरकारकै समन्वय गर्नुपर्ने बताएका थिए । गण्डकीको नीति तथा योजना आयोजका उपाध्यक्ष डा रघुनाथ काफ्लेले स्थानीय सरकारले असार १० मा बजेट ल्याउने भएकाले यसको लागि तयारीमा जुट्नुपर्ने बताउदै आम्दानीका स्रोत बृद्धिमा पनि ध्यान दिनुपर्ने बताए । पालिकाको आवश्यकता अनुसार बजेट निर्माण गर्नुपर्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *