जसको आवाज नै पहिचान बन्यो

Share this post :

Facebook
Twitter
WhatsApp

मेरी आवाज ही पेहेचान हैु अर्थात मेरो आवाज नै मेरो पहिचान हो । गुल्जारको शब्दमा आरडी वरमनले भरेको लयसँगै कोइली स्वरकी धनी लता मंगेशकरले भुपिन्दर सिंहसँग किनारा फिल्ममा हेमा मालिनीका लागि गाएको उक्त गीत गाउनुअघि नै उनले आफ्नो स्वरको पहिचान बनाइसकेकी थिइन् ।
भारतीय गायिका मंगेशकरले यो गीतमा आफ्नो स्वर मात्रै दिइनन्, त्यसलाई जीवन्त बनाइदिइन् । किनकि लताको आवाज नै उनको वास्तविक पहिचान हो र त्यो अमर रहने छ । भारतको उच्चकोटीको भारत रत्नबाट सम्मानित पार्श्व गायिका ुस्वर कोकिलाु लता मंगेशकरको ९२ वर्षको उमेरमा मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा निधन भयो ।
उनको बिदाईमा उनलाई असिम माया र श्रद्धा गर्ने विश्वभरका करोडौं स्रोताको मनमस्तिष्कमा एउटै गीतको बोल गुनञ्जिएको छ( ुनाम गुम जाएगा, चेहेरा ए बदल जाएगा, मेरी आवाज ही पेहेचान है, अगर याद रहे‘ु । ९नाम हराएर जाला, अनुहारमा पनि परिवर्तन आउला, तर मेरो आवाज नै पहिचान हो, यदी कसैलाई याद रहे‘।
उनले स्वर दिएका गीतले भारतीयहरूलाई केवल प्रेम वा विछोडमा मात्रै साथ दिएनन्, केही गीत यस्ता पनि थिए जुन युद्धको मार्मिक याद पनि बने । भनिन्छ उनले गाएको ुए मेरे वतन के लोगोुं गीत सुन्दा भारतका तत्कालीन प्रधानमन्त्री जवहरलाल नेहरुको पनि आँखा रसाउँथे । भारत(चीन युद्धको समयमा रचिएको उक्त गीत सारा भारतीयका लागि आफ्नो प्राण आहुति दिने सैनिकको सम्झना नै बन्यो । यस्तै उनले गाएको ुप्यार किया तो डरना क्याु सुनेर अहिले पनि श्रोताहरूमा प्रेमिलभावको उदय हुन्छ भने ुलुक्का छुप्पीु सुन्नेहरूका आँखा आफ्नी आमालाई सम्झेर अहिले पनि बहन्छन् ।
सात दशक लामो गायन यात्रामा उनले विभिन्न ३६ भाषामा ३० हजारभन्दा बढी गीतमा स्वर दिइन् । नेपाली भाषाका केही गीतमा समेत आफ्नो स्वर दिएकी मंगेशकरलाई सबैभन्द धेरै गीत रेकर्डिङ गराउने ‍विश्व रेकर्ड नै प्राप्त छ । भारतीय फिल्म क्षेत्रमा पार्श्व गायनमा उनलाई नरोज्ने निर्देशकरनिर्माता वा अभिनेत्री छैनन् भने पनि हुन्छ । अभिनेत्रीहरू स्वयं लताले फिल्ममा गीत गाइदिउन् भन्ने चाहन्थे । किनकि उनको आवाजमा सरगमको मिठास मात्रै नभएर भावना पनि अनुकरणीय रुपमा अभिव्यक्त हुन्थे । त्यो स्वरले श्रोताको मनमा आफैं एउटा चित्र कुँदिरहेको हुन्थ्यो ।
सन् २००१ मा भारत रत्नबाट सम्मानित लतालाई सदावहार अभिनेत्री वहिदा रेहमान ुपर्फेक्टसनिस्टु भन्न रुचाउँछिन् । ुलताको जति प्रशंसा गरे पनि त्यो अपुग नै हुन्छ । गायनमा उनी ुपर्फेक्टसनिस्टु हुन् । उनी आफ्नो कामलाई निकै गम्भीर रुपमा लिन्छिन् । आफ्नो स्वर दिएर धेरै अभिनेत्रीलाई उनले सहयोग गरेकी छन्,ु एक अन्तर्वार्तामा वहिदाले भनेकी थिइन् ।
सन् १९२९ मा इन्दौरमा जन्मेकी लता आफ्ना पाँच भाई–बहिनीमध्ये जेठी थिइन् । उनका बुवा दीनानाथ मंगेशकर पनि गायक तथा कलाकार थिए । उनले पाँच वर्षकै उमेरमा बुवाले बनाएका नाटकहरूमा गाउन र अभिनय गर्न थालेकी थिइन् । बीबीसीसँगको एक अन्तर्वातामा बाल्यकालको सम्झना गर्दै उनले आफ्नो परिवारले शास्त्रीय संगीतमा गहिरो झुकाव राख्ने गरेकाले फिल्मको संगीतलाई खासै मन नपराउने गरेको बताएकी थिइन् ।
लताले कहिल्यै औपचारिक शिक्षा लिन पाइनन् । घरमा काम गर्ने एक सहयोगीले नै उनलाई मराठी शब्दहरू चिन्न सक्ने बनाए । एकजना पुरोहितबाट उनले संस्कृत सिकिन् । घरमा आउने पाहुना र शिक्षकबाट अन्य विषयबारे ज्ञान लिइन् ।
जीवनकालमा उनले कयौं कठोर परिस्थितिको सामना गर्नुपर्‍यो । त्यसमध्ये एक थियो – घरको लिलामी । सबै पैसा डुबेपछि बुवाले फिल्म र थिएटर कम्पनीलाई बन्द गरे । त्यसपछि उनको परिवार इन्दौरबाट पुणे सर्‍यो । त्यतिखेर महाराष्ट्रमा रहेको उनीहरुको पुरानो घर ऋणकै कारण लिलाम भयो । १६ वर्षको उमेरमै पिताको मृत्युपछि परिवारको जिम्मेवारी उनको काँधमा पर्‍यो । त्यसपछि उनी परिवारसँग मुम्बई आइन् ।
सन् १९४० तिर फिल्ममा गीत गाएर जीवन गुजारा गर्न सकिने अवस्था थिएन । त्यतिखेर परिवार चलाउन फिल्ममा अभिनय गर्न थालिन् । उनले ८ मराठी फिल्ममा अभिनय गरिन् । १९४३ मा उनले मराठी फिल्म ुगजभाउुमा केही लाइन गीत गाएकी थिइन् । यही नै उनको पहिलो गीत थियो । १९४७ तिर लताले अभिनयमार्फत महिनामा २ सय कमाउन थालेकी थिइन् । तर त्यतिबेला पनि आफूलाई अभिनयमा कहिल्यै लगाव नभएको भन्ने कुरा उनले एक अन्तरवार्तामा खुलाएकी थिइन् ।
ुमलाई अभिनय गर्न कहिल्यै पनि मन लागेन । मेकअप गर्नु, त्यो लाइटहरू, अनि कसैले डायलग बोल भनेर निर्देशन दिनु । यो सब कुराले असहज बनाउँथ्यो मलाई, ु उनले भनेको कुरालाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
फिल्ममा अभिनय गर्ने क्रममै एकपटक एक निर्देशकले उनको आँखी भौं मिलाउन भनेका थिए । निर्देशकले उनको मोटो आँखी भौंलाई पातलो बनाउन लगाए । त्यो कुराले लामो समयसम्म उनलाई असर गर्‍यो । लताले सन् १९४९ मा ुमहलु फिल्मको लागि गाएको ुआएगा आनेवालाुबोलको पहिलो हिन्दी गीत थियो । त्यही गीतले उनी चर्चित संगीतकारको आँखामा पर्न सफल भइन् । त्यसपछि उनलाई लगातार गीत गाउने अफर आउन थाले । त्यसयता उनले हिन्दी फिल्मका लागि हजारौं गीतमा स्वर दिइन् । ुमजबुरु, ुआवाराु, ुमुगल ए आजमु, ुश्री ४२०ु, ुअराधनाु र ुदिलवाले दुल्हनिया लेजाएगेुजस्ता रोमान्टिक गीतमा पनि स्वर दिइन् ।
लतालाई पच्छ्याउँदै उनका भाई र बहिनीले पनि संगीतलाई नै आफ्नो मूल कर्म बनाएका छन् ।
पुरुष गायकभन्दा मिहिनेती
लता आफ्नो समयका चर्चित पुरुष गायकहरूलाई टक्कर दिने गायिका थिइन् । मोहम्मद रफीदेखि किशोर कुमारसँग उनले आवाज दिइन् । राज कपुर, गुरुदत्त, मणि रत्नमदेखि करण ‍जौहरजस्ता चर्चित निर्देशकहरूसँग उनले काम गरिन् । त्यस समयमा उनी पार्श्व गायनमा पुरुष गायकहरूलाई प्रतिस्पर्धा दिने एक्ली गायिका थिइन् भन्दा अतियुक्ति हुँदैन ।
लतालाई मोहम्मद रफीलेभन्दा बढी रोयल्टी माग्ने गायिकाको रुपमा पनि चिनिन्थ्यो । उनले जति रोयल्टी र पारिश्रमिक माग्थिन् त्यो पाउँथिन् पनि । उनी आफ्नो हकको लागि लड्ने साहसी गायिका थिइन् । उनले यो कुरालाई स्वीकार्दै एक अन्तर्वातामा भनेकी थिइन, ुम आज जे हुँ त्यो मेरो मिहिनेतको नतिजा हो । मैले आफ्नो हकका लागि लड्न सिकेको छु । मलाई कोहीसँग डर लाग्दैन । म एकदमै साहसी छु । तर आज जे पाएँ यी सब मैले पाउँछु भन्ने मैले सोचेकै थिइन ।ु (लताका बारेमा विभिन्न सञ्चार माध्यममा प्रकाशित सामाग्रीलाई अनुवाद गरेर तयार गरिएको लेख ) इकान्तिपुरबाट साभार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *