जिल्ला प्रशासन कार्यालय स्याङ्जामा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि सोमबारदेखी लागु हुने गरि सुरक्षा लगायत अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गरिएको छ । आइतबार सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माको हस्ताक्षरमा सेवा बन्द गरिएको सुचना सार्वजानिक भएको छ ।
सुचनामा लेखिएको छ, ‘जिल्ला प्रशासन कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । अन्य केही कर्मचारीको रिर्पोट आउन बाँकी छ । साथै, केही कर्मचारीमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएकाले सेवा प्रवाहमा कठिनाई भएपछि अर्को सुचना जारी नहुदाँ सम्मलाई सवै सेवाहरु बन्द गरिएको हो ।’
प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा र अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्ता÷नवीकरण हातहतियार नवीकरण लगायतका सेवाहरु हाललाई स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए ।
