स्याङ्जाको विरुवा गाउँपालिका–३ धोवादीस्थित बोलेरो जीप दुर्घटना हुदाँ चालक र सहचालक दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विरुवा–३ राङभाङका वेलबहादुर थापा र भेषबहादुर थापा रहेका छन् । वेलबहादुर चालक हुन् भने भेषबहादुर सहचालक रहेको स्थानीयले जनाएका छन् । नेकपा एमालेका विरुवा गाउ“पालिका अध्यक्ष प्रकाश थापाका अनुसार दुवै जनाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लैजाने तयारी भएको छ । ग १ ज ५९३९ नम्बरको जीप् शुक्रबार राती अन्दाजी ९ बजे घुम्ती मोड्ने क्रममा सडकबाट ७ सय मिटर तल झरेको थापाले बताएका छन् । ‘जीप के कारण सडकबाट खस्यो भन्ने जानकारी भएन’ उनले भने, ‘विहान गाउ“मा खोजतलास गर्दा जीप दुर्घटना भएको खवर पाएपछि घटनास्थल पुग्यौ । घटनास्थलमै दुईजनाको मृत्यु भएको पाइयो ।’
Post Views: 20