नेपाल जेसीजको ४८ औ महाधिवेशनको अवसरमा विभिन्न विधाका १० युवालाई जेसीज अवार्डसहित सम्मान गरिएको छ । सूचना तथा सञ्चारमा उल्लेखीय योगदान पु¥याएबापत कान्तिपुर दैनिकका उप–सम्पादक दुर्गालाल केसीसहितलाई जेसीज अवार्ड प्रदान गरिएको छ । उनीहरुलई नगद रकम, दोसल्ला ओडाएर स्वर्ण पदकसहित उत्कृष्ट युवा पुरस्कारबाट सम्मान गरिएको हो । केसी दुई दशकदेखी दाङको पत्रकारितामा कान्तिपुर दैनिकमा आबद्ध छन् ।
यस्तै, सम्मानित हुनेमा चितवनका व्यवसायी अर्जुन रानाभाट, प्रविधि क्षेत्रमा योग्दान पु¥याएबापत बुढानिलकण्ठका राजन लम्साल, जंगली च्याउ खान हुदैन भन्ने अभियान्ता टिकापुरका डा जितेन्द्र उपाध्याय, म्याग्दीकी भलिवल खेलाडी कमला पुन, रामेछापका साहसीक सगरमाथा आरोही प्रकाशराज पाण्डे, दमकका कृषि व्यवसायी सुदीप गौतम, पर्वतका पर्यटन व्यवसायी राजु कार्की, मेमरिकिङ जनकपुरका डा नवल पंजीयार र लोक गीतको क्षेत्रबाट राष्ट्रमा पु¥याएको योग्दानबापत कलाकार प्रकाश सपुतलाई स्वर्ण पदकसहित सम्मान गरिएको थियो ।
विहीवार पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा सुरु भएको जेसीज महाधिवेशन चार गतेसम्म चल्नेछ । महाधिवेशनले २०२२ का लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा ६ जना आकांक्षी देखिएका छन् । महाधिवेशनमा भाग लिनको लागि देशभरबाट ११ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका छन् । जेसीजको विधान अनुसार डेढ महिनाअघि नै उम्मेदवारी दर्ता गर्नुपर्ने प्रावधान छ । अध्यक्षको लागि विकास मानन्धर, लालमणि भण्डारी, श्यामसुन्दर पौडेल, गोकुल सापकोटा, शिवप्रसाद भुषाल र अमिस ढकाल प्रतिस्पर्धी रहेका छन् । हाल जेसीजमा महासचिव रहेका मानन्धर काभ्रे जेसीजका पूर्व अध्यक्ष हुन् ।
यसैगरी, भण्डारी भुवननगर जेसीसका पूर्व अध्यक्षतथा नेपाल जेसीसका निवर्तमान कार्यकारिणी उपाध्यक्ष हुन् भने, पौडेल विराटनगर जेसीजका पूर्व अध्यक्ष तथा २०२१ का कार्यकारी उपाध्यक्ष, सापकोटा गैडाकोट जेसीजका पूर्व अध्यक्ष तथा हालका कानुनी सल्लाहकार, भुषाल सौराह जेसीजका पूर्व अध्यक्ष हाल कार्यकारिणी उपाध्यक्ष रहेका छन् भने ढकाल गछिया जेसीजका पूर्व अध्यक्ष तथा २०२१ का कार्यकारिणी उपाध्यक्ष रहेका छन् । यसैगरी चारजना कार्यकारिणी उपाध्यक्षको लागि ९ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
