जोखिम परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरियो

Share this post :

Facebook
Twitter
WhatsApp

केही दिनदेखी परेको अविरल वर्षाका कारण स्याङ्जामा पहिरो र डुवानले १६ घर उच्च जोखिममा रहेका छन् । पहिरो र डुवानको जोखिम उच्च जोखिममा रहेका घरका परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
वालिङ नगरपालिका–१३ बायँटारीस्थित झोलुङ्गे पुल नजिकै पहिरो जादाँ पुल आसपासमा ५ घर जोखिममा परेका हुन् । वडाध्यक्ष नमलाल डुम्रेका अनुसार धनबहादुर डाला, पृथलाल गुरुङ, हाईमाया गुरुङ र इन्द्रबहादुर सार्कीलगायतको घर अगाडि पहिरो गएको छ । जोखिममा रहेका तिन घर परिवार मगर भवनमा सारिएको छ भने दुई घर आफन्तकोमा बसेको वालिङ नगरप्रमुख कृष्ण खाँणले बताए । घरमा रहेका सम्पुर्ण सामानहरु समेत सारिएको छ । तत्काललाई वर्षाबाट जोखिम कम गर्नका लागी प्लाष्टिकले पानी तर्काउने काम गरिएको उनले बताएका छन् ।
नगरपालिकाले तत्काल पहिलो रोकथामका लागी प्लाष्टिक उपलब्ध गराएको छ भने शसस्त्र र जनपथको सहयोगमा प्लाष्टिक बिछ्याईएको छ । वर्षा निरन्तर भएका कारण सचेत रहन आग्रह गर्दै कहिँ कतै जोखिम अवस्था सृजना भएमा सम्बन्धीत वडा तथा नगरपालिकामा सूचना गरी सुरक्षित रहन नगरप्रमुख खाँणले आग्रह गरे । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार वालिङ नगरपालिका–१३ बायाँटारीमा पहिरोले, गल्याङ नगरपालिका–५ पिडिँखोलामा डुवानका र भीरकोट नगरपालिका–९ मा पहिरोकै कारण घर उच्च जोखिममा छन् । सो घरका सवै सदस्यलाई स्थानान्तरण गरिएको उनले बताए ।
यसैगरी, पिडिखोलाका ५ घर नै डुवानमा परेका छन् । कालीगण्डकी नदीको वहाव बढेपछि पर्वत, स्याङ्जा र पर्वतको संगमस्थल सेतीवेनीका घर डुवानमा परेका हुन् । अन्य घर परिवारलाई पनि सचेत रहन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको जनाएको छ । प्रशासनका अनुसार नजिकैको सरकारी भवनमा राखिएको हो । यस्तै, भीरकोटमा पनि पहिरोका कारण ६ घर उच्च जोखिममा छन् । उनीहरुलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *