सरकारले सामाजिक सद्भाव बिगार्न खोजेको भन्दै टिकटक बन्द गर्ने निर्णय गर्यो । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुट सर्वोच्च अदालतमा १० वटा रिट परेका छन् ।
टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको लगायत दाबी गर्दै निर्णय बदरको आदेश माग गरेका छन् । उक्त निवेदनको सुनुवाइ आगामी सोमबार हुने तयारी छ । यता दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले भने प्रतिबन्ध प्रभावकारी रूपमा लागू गर्न भन्दै एक समिति गठन गरेको छ । प्राधिकरणले नेपालमा ९५ प्रतिशत टिकटक बन्द भइसकेको जनाएको छ । सरकारले टिकटक बन्द गर्ने निर्णय गरिरहदा सर्वसाधरणले सरकारको पक्ष र विपक्षमा आफ्ना विचार सार्वजानिक गर्दै आएका छन् ।
Post Views: 28