स्याङ्जाली बाबुछोराको रुपन्देहीमा भएको ट्रकको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–१० का ५३ वर्षीय गितानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदिप रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शनिबार दिउँसो सवा १ बजे बुटवलबाट बेलहियाका लागि छुटेको ना ३ ख ३८६० नम्बरको ट्रकले बावुछोरा सवार ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बाबुको दुर्घटनास्थलमा नै मृत्यु भएको हो भने छोराको उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै बाबुछोरालाई उपचारका लागि भिम अस्पताल लगिएको र त्यहाँ उपचार हुने सम्भावना नरहेपछि युनिभर्सल मेडिकल कलेज लगिएको थियो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । गितानाथ स्याङ्जाको चापाकोटस्थित भानु माविका प्रधानध्यापक हुन् ।
Post Views: 27