ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडास्थित ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । ग १ क २६२५ नम्बरको ट्रकले अनलोड गरी व्याक गर्ने क्रममा ठक्कर दिँदा विहीवार सोही ठाउँका ७० वर्षिय दुर्गाप्रसाद दाहालको मृत्यु भएको हो । ट्रकको ठक्करबाट घाइते दाहालको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए । प्रहरीले ट्रक चालक धादिङको गल्छी गाउँपालिका–२ का ३५ वर्षिय लेखबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *