ट्वान्टी-२० विश्वकप : पहिलो खेलमा क्यानडा अमेरिकासंग ७ विकेटले हार्याे

Share this post :

Facebook
Twitter
WhatsApp

ट्वान्टी-२० विश्वकप आजदेखि सुरू भएकाे छ । डालासमा पहिलाे खेलमा क्यानडा अमेरिकासंग ७ विकेटले हारेकाे छ । क्रिकेटको पहिलो खेलमा अमेरिकाले सानदार जित हात पारेको हाे ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १४ बलअगावै भेट्टाएको हो । अमेरिकाका लागि आरोन जोन्सले विस्फोटक ब्याटिङ गरे । उनले अविजित रहँदै ४० बलमा १० छक्का र ४ चौका गरी ९४ रन बनाए । त्यस्तै एन्ड्रिएस गोसले ४६ बलमा ३ छक्का र ७ चौकाको सहयोगमा ६५ रन बनाए । क्यानडाका लागि कलीम साना, डिलन हेलिगर र निखिल दत्तले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाए । त्यस्तै निकोलस किर्टोनले ५१ रन बनाउँदा श्रेयस मोव्वाले ३२ रन बनाए । अमेरिकाका लागि अली खान, हर्मीत सिंह र कोरी एन्डरसनले १/१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *