ठगीको आरोपमा एकजना पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

ठगी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुराको बढी मालिका नगरपालिका–७ का २७ वर्षिइ शान्तराज तिमिल्सेना रहेका छन् । उनलाई विहीवार पक्राउ गरि शुक्रबार जिल्ला अदालत कास्कीमा अपराधिक विश्वासघात (एक्सटर्सन) कसुरमा मुद्दा दर्ता गरि ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
वैशाख १६ मा लुकीछिपी भिडियो बनाई चरित्र हत्या गर्ने धम्की दिदै ५० लाख ठगेको प्रहरीले जनाएको छ । पीडित पक्षले ३० लाख रुपैयाँ दिइसकेको भनी प्रहरीमा उजुरी परेको छ । प्रहरीले पटकपटक रकम मागी धम्की दिएको उजुरीको आधारमा जिल्ल प्रहरी कार्यालय कैलालीको समन्वयमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सुचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *